रामारोशन मेडिकल नेपालगन्जमा काठमाडौमा कार्यरत डा.प्रयुश शर्मा ।


नेपालगन्ज ।रामारोशन मेडिकल नेपालगन्जमा  बाथ,युरिक एसिड तथा हाडजोर्नी समस्या भएका बिरामीहरुका लागि काठमाडौमा कार्यरत डा.प्रयुश शर्मा आउने भएका छ ।

नेपालगन्ज औधोगिक क्षेत्रको सटरमा रहेको रामारोशन  मेडिकल सेन्टरमा भोलि शनिबार बिहान ८ बजे देखि ५ बजे सम्म एक दिने शिबिर बस्न लागेको हो।

Kist Medical College, HAMS अस्पताल र आरोग्य बाथ सेन्टर जवालाखेल काठमाडौमा कार्यरत बाथ रोग विशेषज्ञ डा: प्रयुश शर्मा शिबिरमा बिरामिको चेकजाच गर्ने मेडिकल संचालक सन्तोष शाहले बताएका छन।

शिबिरमा  बाथ,युरिक एसिड तथा हाडजोर्नी समस्या भएका बिरामिहरुको सफल उपचार तथा अप्रेसन गरिने संचालक शाहले बताए।

बिहान ८ बजे देखि बेलुका ५ बजे सम्म संचालन हुने शिबिरमा आई उक्त रोगको उपचार गराउन उनले आग्रह गरेका छन।

रामारोशन मेडिकल सेन्टरले समय समयमा विभिन्न रोगका विशेषज्ञ डाक्टर ल्यायर बिरामीहरुको चेक जाँच गर्दै आईरहेको छ।
विस्तृत जानकारीको लागि रामारोशन मेडिकल नेपालगन्ज सम्पर्क गर्नु होला :-९८६८५३८११५

प्रतिक्रिया