राजधानी भालुबाङ्ग !

रुपन्देहीले साहसिक त्याग गर्दा,
बाँके बर्दियाले स्वीकृति दिदा,
पाल्पा र नवलपरासीले बाटो लम्बाउदा,
कपिलवस्तुले ठिकै त छ नि भन्दा,

दाङ त अचम्म मख्खै परेको छ।
रुकुम, गुल्मी, रोल्पा, प्युठान खुसी नै होलान,
जुक्ति लगाए अर्घाखाँचीको जलुकेमा,
सुगम होला, सबभन्दा पायक पर्ला ।

लुम्बिनी नाम निकै राम्रो छ, सान्दर्भिक छ,
हजारौं हजार बर्षको पहिचान छ,
सयौं मुलुकको लुम्बिनीप्रति चासो छ,
बुद्ध संकृतिको प्रतिष्ठा अवश्य बढनेछ ।

भालुबाङ्गमा घर छैनन बनाउनु पर्छ,
स्कुल कलेज छैनन खुलाउनु पर्छ,
विकास त पछौटे र दुर्गम बाटै गर्नु न्याय हो,
अब सबैले सहर्ष हातेमालो गर्नुपर्छ।

भालुबाङ्ग हाईवेमा छ, राप्तीको कोखमा छ,
समथर, पहाड र जङ्गलले भरिएको छ,
कोईलाबासको कथा छ, दोबाटाको व्यथा छ,
पश्चिमी ऐतिहासिक क्षमताको कथा छ,
प्रचुर प्राकृतिक सम्पदाको ममता छ ।

सानो गाडीका सिट पनि अघि-पछि पर्छन,
कसैलाई झ्याल कसैलाई अपायक हुन्छन,
योत प्रदेश न हो, सबैलाई सुलभ नहुन सक्छ,
थोरै त्याग गरे पिछडिएको भेग अघि बढछ ।

रस्सा-कस्सी गर्दा गर्दा हातहरु थाकी सके,
मनहरु कहिल्यै नथाकुन यही कामना छ,
विकासका लागि हातेमालो जरुरी छ,
भालुबाङ पक्षपाती नबनोस शुभकामना छ।

प्रतिक्रिया