रणवीर र आलियाले फिल्म ‘ब्रह्माश्त्र’ को आफ्नो पारिश्रमिक घटाए

कोरोनाभाइरसको रोकथामको लागि गरिएको लकडाउनका कारण पछिल्लो समय फिल्मी कार्यक्रमहरु बन्द छन् । लकडाउनकै कारण रिलिज हुन तयार रहेका र सुटिंग भइरहेका फिल्महरु बीचमै रोकिएका छन् । फिल्महरु बीचमै रोकिदा बलिउडका फिल्म निर्मातालाई ठुलो घाटा पनि भएको छ । 

धेरै खर्च गरेर सुटिंगका लागि तयार पारेका सेटहरु पनि नष्ट भएका छन् । यस्तो अवस्थामा बलिउडका कलाकार र निर्माताहरु चिन्तामा छन् । यस्तै लकडाउनका कारण फिल्म ‘ब्रह्माश्त्र’ को छायाँकन पनि रोकिएको थियो ।

बीचमै यो फिल्म रोकिदा निर्माता कारण जोहरले फिल्मको बजेट बढी रहेको भन्दै चिन्ता व्यक्त गरेका थिए । यसैक्रममा यस फिल्ममा अभिनय गरेका अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्टले निर्माता कारण जोहरको गुनासो सुनेका छन् । उनीहरुले यस फिल्मका लागि आफ्नो पारिश्रमिक घटाएका छन् । भारतिय मिडियाका अनुसार उनीहरुले पारिश्रमिकको केही प्रतिशत छुट दिएको बताइएको छ ।

Loading…

प्रतिक्रिया