यसरी राजनीतिमा फड्को मारेकी छिन् युवा नेत्री वैश्य


जयपति ढकाल

नेपालगन्ज :- युवा नेत्री रमा रानी गुप्ता बैश्य जनता सामाजबादी पार्टी नेपाल बाँकेबाट लुम्बिनी प्रदेश कमिटी सदस्य  हुन् । नेपालगन्ज उद्योग वाणिज्य संघकी पुर्व कार्यसमिति सदस्य ,नेपाल भारत मैत्री संघ कार्यसमिति सदस्य ,औतार देइ कशोधन (चौधराइ) सेवा समिति प्रतिष्ठान कार्य समिति सदस्य ,कौशोधन समाज नेपालगन्ज पुर्व कार्यसमिति सदस्य कौशोधन समाज महिला मंञ्च संस्थापक अध्यक्ष भएकी युवा महिला नेत्री नेपालगन्ज परिचित छिन ।

भन्छिन आफू भारतमा हुर्केको र उतै अध्यापन गरेको मलाई नेपालमा बिहे गरेर निकै अप्ठ्यारो भएको असहज भएको को थियो तर अहिले सबैको माया स्नेहा पाए पछि आफुले सोचे भन्दा राम्रो भएको पनि बताउछिन् ।  युवा नेत्री गुप्ता बैश्य अहिले एक निडर स्पष्ट बक्ता र स्वच्छ छबि भएकी नेत्रीको रुपमा जनता समाजवादी पार्टी  भित्र आफ्नो बलियो पकड बनाउदै आफ्नो राजनीतिलाई
जनमुखी बनाउदै मुर्त रुप दिन हर समय लागिपरेकी छिन ।

पार्टी भित्रको कुनै पनि काम गर्न पछि नहट्ने संगठन निर्माण देखि नेतृत्वदायी भुमिका सम्ममा आफुलाई अब्बल रुपमा उभ्याउन सफल र एक समाजसेवीको समेत परिचय बनाउन सफल नेत्री गुप्ता सधै जनता र सर्ब साधारणको काम गर्न रुचि राख्छिन ।
देशलाई, समाजलाइ परिबर्तन गर्न आफै बाट सुरुवात गर्नु पर्छ भन्ने सोच लिएकी गुप्ताले समाजवादी  एक ढिक्का बनाउदै ससक्त रुपमा आफु अगाडी बढ्ने बताएकी छिन । एक्सन ओरेन्टियड छवि बनाएकी गुप्ता अब आउदा दिनहरुमा समाजमा भएका कुरीतिहरु बिरुद्द लड्दै जाने र पार्टी भित्र र बाहिर पनि ससक्त आवाज उठाउदै जाने कुरा उनि बताउछिन ।

मुलुक विषम परिस्थितिबाट गुज्रिरहेको अबस्थामा समाजवादी पार्टीको नेतृत्वदायी भूमिका निर्बाह गर्दै युवाहरुलाई संगठित बनाउँदै जनचेतना फैलाउनु पर्नेमा उनि जोड दिन्छिन ।

कोभिड-१९ तथा लकडाउनले गर्दा नेपाली जनताको आर्थिक तथा सामाजिक स्तर बिग्रदै गएकोमा र देशको राजनीतिक अबस्था अझ दयनिय बन्दै गएको आजको समयमा समाजवादी दलले समग्र नेपाली जनताको भावना बुज्दै जनता सामु आफ्नो एजेण्डा लिएर जानको लागि सम्पूर्ण सामाजवादी पार्टीका कार्यकर्ता समक्ष उनि आग्रह गर्दछिन।
आफ्नै समाजलाई परिवर्तन गर्ने अभियानमा लागेकी उनी व्यवसायी ,विद्यार्थी ,स्वास्थ क्षेत्र तिर ठुलो योगदान गरेका सासु ससुरा ,र पारिवारिक सपोट मिले पछि  राजनीति शुरु गरेकी हुन् ।

उनी पहिला राष्ट्रिय प्रजातान्त्रिक पार्टीमा पहिलो राजनीति  जग सुरु गरेको बताउँछन  ,र राप्रपा  बाट उपमेयर उम्मेदवार पनि भएकी हुन र थोरै मतले पराजय भए पश्चात् राप्रपाले आफुलाइ कुनै आस्था र मतलब प्राथमिकता नराखे पछि , म सामाजवादी पार्टीले सामाजिक बिकास जात धर्म नभई सम्पुर्ण नेपालीहरुको पार्टी सामाजीक काम गर्दा मलाइ सपोट नीति विधि राम्रो लागे पनि म जनता समाजवादी पार्टी ,पुर्व सहरी बिकास मन्त्री मोहम्मद इस्ताक राइको समर्थन गरे पछि भेदभाव नभई ,समानताको हिसाबले ,म  समाजवादी पार्टी प्रवेश गरेको बताउछिन ।

प्रधानमन्त्री के पि शर्मा वलीले २०७७/०९/७ गते गरेको अलोकतान्त्रिक ,असंवैधानिक संसद विगठन भएको , आफुले सधै विरोध गरेको र अझै पनि समाजवादी पार्टीले  जारी राख्ने  बताइन् ।

असल कर्म र जनमुखी काम गर्दै अगाडी बढे अबस्य एकदिन पार्टी र जनताले मुल्यांकन गर्नेछन् भन्ने सोच लिएकी गुप्ता पदमा बस्नुलाइ मात्र ठुलो कुरा सम्झिनन । समाजका लागि केही गर्छु भन्ने इच्छाशक्ति भयो भने कुनै पद चाहिँदो रहेनछ ।

गुप्ताभन्छिन यद्यपि म पनि समाजलाई समृद्धितर्फ डोर्याउन अहोरात्र खटिरहेकी छु, पार्टीले मूल्यांकन गरेर  एक दिन सबैको माया स्नेहाले लक्ष्य अनुसारको गन्तव्यमा पुग्ने उनी बताउँछिन ।आज सामाजसेवा गरिरहदा पनि  मनोवल हर्षित भएको  उनले बताइन् ।

अहिले नेपाली राजनीतिमा मुलुकलाइ एउटा राजनीतिकर्मीले कस्तो भुमिका खेल्ने कसरि देश र जनताको सेवा गर्ने भन्ने सोचाइ राख्ने भन्दा पनि कसरि आफु पदमा शक्तिमा पुग्ने भन्ने कुराहरु मात्र लिएर अगाडी बढेका राजनीतिकर्मी भेटिन्छन। तसर्थ हामी जस्ता सशक्त युवा पिडि जनताका नेतृत्व सम्हाल्न सक्षम युवाहरुले यो देशको मुहार फेर्ने हो, त्यसैले नराम्रो कुराहरुको, सिस्टमको बिरुद्द हामीले नै लड्नु पर्छ भने सकारात्मक कुराको परिबर्तन पनि आफै बाट सुरु गर्नु पर्नेमा उनको जोड छ ।

हामी राजनीतिकर्मी जनताका सेवकलाई हाम्रो पार्टीले नेतृत्व तहले के गर्यो के दियो भन्ने भन्दा पनि हामीले आफ्नो पार्टीलाई के दियौ जनतालाई कसरि समाजसेवा गर्यौ र जनताहरुको हकहितका लागि कति सम्म काम गर्यौ जनताको पक्षमा कति सम्म नीति निर्माण तह सम्म वकालत गर्यौ भन्ने कुरा चाहि प्रमुख हुन आउछ । नेत्री गुप्ता भन्छिन अतिबादी सोचलाई परिबर्तन गर्दै युवाहरुको भावनालाइ समेट्दै केन्द्रिय राजनीतिमा समेत हर तह तप्काको पार्टीलाई ठोस योगदान दिने व्यक्तिहरुलाई पहुँचमा पुर्याउनु पर्ने र एउटा कार्यकर्ताको मात्र नभएर सारा नेपाली जनाको आवाज सुन्नु पर्नेमा उनको जोड छ।

भविष्यमा एक कुशल राजनीतिकर्मी भएर देश, समाज र महिलाहरु प्रति भईरहेको चरम शोषण बिरुद्द आवाज उठाउने र सधै निष्ठा पुर्बक देश र समाजको सेवा गर्दै आफ्नो पुरा जिबन राजनीति र समाजसेवामा समर्पित गर्ने सोच लिएर अगाडी बढेकी गुप्ताले सधै बिकृति र विसंगतिको बिरुद्दमा लडीरहने उनी बताउछिन ।
  

प्रतिक्रिया