मोरङमा ३ लाख बढी रकम नगद सहित जुवाडे पक्राउ

प्रहरीले जुवातास खेल्ने ७ जनालाई पक्राउ गरेको छ । मोरङको उर्लाबारी नगरपालिका–९ बाट जुवातास खेल्ने सात जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुबाट ३ लाख २५ हजार १५५ नगदसहित ७ जनालाई पक्राउ गरेको हो ।

जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो  ।पर्नेहरुमा सबै उर्लाबारीका  दिवान मगर, बाबुराम कार्की, विमल डाँगी, डम्बरबहादुर लिम्बु, गोविन्द पुरी र विष्णु राउत तथा खोटाङका कुबिरमान तामाङ रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ परेकाहरुविरुद्ध जुवा ऐन सम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया