मेलिना मैनालीको डेव्यु गीत “छोटो छ जिन्दगी”ले पायो चौतर्फी तारिफ

ज्ञानु सङ्गम खड्का/नेपालगन्ज : केही दिन अघि सार्वजनिक एक कारुनिक गीत “छोटो छ जिन्दगी” ले यतिबेला चौतर्फी तारिफ पाइरहेको छ।

लोकप्रिय गायक भुपु पाण्डे र नव गायिका मेलिना मैनालीको आवाज रहेको उक्त गीतमा गायक पाण्डेको संगीत रहेको छ भने नारायण नेपालको शब्द रहेको छ।

गायिका मैनालीले यसैगीत मार्फत नेपाली संगीत क्षेत्रमा डेव्यु गरेकी छन् । उनले यस गीतमा दिएको स्वरको यतिबेला दर्शक स्रोताले निकै तारिफ गरिरहेका छन् । उनको आवाजले गीतलाई न्याय दिएको गीत सुन्दा प्रष्ट हुने गर्छ। यो गीत सार्वजनिक भएसंगै गायिका मैनालीलाई नेपाली संगीत क्षेत्रमा सम्भावना बोकेकी गायिकाको रुपमा लिन थालिएको छ।

पहिलो गीतबाट नै दर्शक स्रोताको राम्रो माया अनि साथ पाउँदा आफू एकदम हर्षित भएको गायिका मैनाली बताउँछिन् । सानैदेखि गायिका बन्ने उनको रहर अनि इच्छा यस गीतले पूरा गरिदिएको छ। अबका दिनमा निरन्तर गीत संगीतमै मिहेनत गर्ने उनको योजना छ। यो गीत पहिलो भएतापनि गायिकाको स्वर सुन्दा प्रोफेसनल लाग्ने गर्छ।

गीतको भाव अनुसार भिडियो पनि आकर्षक बनेको छ। गीतको भाव अनुसारनै पात्र अनि दृश्य भिडियोमा उतारिएको छ। भिडियोमा गायक पाण्डे र मोडल उषा उप्रेती फिचर्ड छन् । भिडियोमा भुपु र उषाको जीवन्त अभिनय देख्न सकिन्छ।

अछाम र भारतका केही स्थानमा छायांकन गरिएको उक्त गीतको भिडियोलाई सागर बाबू भट्टले निर्देशन गरेका हुन् । भिडियोको कन्सेप्ट, कथा तथा निर्माता गायक पाण्डे नै हुन् । योगेश दाहालले खिचेको उक्त भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन् भने पवन सिंखडाले भिएफएक्स तथा पोस्टर डिजाइन गरेका छन् ।

गायक भुपु पाण्डेको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक उक्त गीतलाई छोटो समयमै युटुबमा धेरै दर्शक स्रोताको राम्रो राम्रो कमेन्टसंगै तारिफ मिलेको छ। हेर्नुस् भिडियो…

Loading…

प्रतिक्रिया