मृगौला पीडितलाई नेकपा युवा नेताद्वारा आर्थिक सहयोग गर्ने घोषणा

बाँके- नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) का राप्ती सोनारी गाउँ पालिका सदस्य तथा राष्ट्रिय युवा संघ “नेपाल” बाँकेका  युवा नेता शेर बहादुर खडका “सुजल”ले मृगौला पीडितलाई आर्थिक सहयोग गर्ने बताएका छन् ।

सुजलले  राप्ती सोनारी गाउँ पालिका वडा न २ टिकलिपुरमा बसोबास गर्ने नरेन्द्र बोहरा मृगौला रोग लागेपछि नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारार्थ रहेका छन् ।  बोहरा पूर्व जनमुक्ति सेना हुन् । उनको घरको आर्थिक स्थिति कमजोर रहेकोले उपचारमा कठिनाइ भइरहेको परिवारले जनाएका छन् ।

युवा व्यवसायी नेता सुजल सामाजिक कार्यमा सक्रिय रहेका छन् उनले मृगौला पिडित बोहरालाई रु ५ हजार दिने घोषणा गरेका छन् र उनको मृगौला प्रत्यारोपण गर्नुपर्ने भएको हुदा अरु मनकारी हरुलाई सहयोग गर्न अनुरोध पनि गरेका छन् ।

Loading…

प्रतिक्रिया