महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा क्याम्पस प्रमुखको कार्यकक्षमा नेविसंघद्वारा तालाबन्दी

नेपालगन्ज – आफना नेता तथा कार्यकर्तालाई पक्राउ गरेको विरोधमा महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज इकाई कमिटीले आज क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको छ ।

त्रिविको शैक्षिक गतिविधि  सुधार सम्बन्धि र विद्यार्थीहरुका हकहितका लागि जायज मागहरु राख्दा राज्य पक्षबाट गिरफ्तारी गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको नेविसंघले निकालेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

गिरफ्तार गरिएका नेता तथा कार्यकर्ताहरुलाई बिना सर्त रिहाइ नगरेको खण्डमा चरणबद्ध आन्दोलन गरिने बताइएको छ ।
इकाई सभापति चन्द्र प्रकाश देवकोटाद्वारा हस्ताक्षर गरिएको प्रेस विज्ञप्तिमा सरकारले विद्यार्थीहरुका जायज मागहरु दवाउन पक्राउ गरेको उल्लेख छ ।
हेर्नुहोस् प्रेस विज्ञप्ति


Loading…

प्रतिक्रिया