
सुशील कन्दरा राजभर –
कहाँ छाै तिमी , तिम्राे बुवाले मलाई पचास पटक भन्दा बढी पटक कल गरिसक्नु भयाे ।
म साथीकाेमा छु है । सबले मलाई यहि साेध्छन् त ?
सबै केटीहरु घर पुगे तिमी चाहिँ कहा छाै , अनि फेरि मेराे नाम लिएर, लाज सरम छैन ?
सरि यार , अब अाइहाले । कुरा मिला न ल ।
हेर केटी, एउटा ईमानदार केटालाइ प्रयाेग गरेर त्यसको जिन्दगी विगारिस । फेरि चार पाच महिना नहुदै अर्काे फेरिसकिस , तेराे जस्तो याे चरित्र त शरीर बेचेर गुजारा गर्ने चलाउनेकाे भन्दा घटिया रहेछ त ।
त्यसाे न भन्न यार, उसलाई त ममिले भनेर छाेडेकाे थिए नि ।
अनि अस्ति क्यानडाकाे काेसंग भनिस्याे, सुनिस्याे भनेर बाेल्दै थिईस । एक साथ कति संग मन र शरीर साट्छाै हम्म ?
उसलाई छाेड्नु मेराे गल्ति थियाे । उसले बुझ्नु पर्ने हाे , साचाे माया गर्छु भनेर हुन्छ ?
साचाे माया शव्द नै तैले बाेल्दा प्रेमकाे अपमान हुन्छ । पहिला भन तँ कहाँ छेस ?
म भेडेटारमा छु , अस्ति पैसा लेकाे थिए नि , हाे उसैसंग छु यार । घरमा कस्ले भनिदिएछ म यता गए भनेर ।
घरमा मात्रै हैन , पत्रिकामा नै छाप्नुपर्ने तेराे कर्तुत ।
तैले मेराे रुममा छु भनेर मेराे नाम प्रयाेग गरिस । लाज शरम सबै बेचिस हैन ।
हेर याे मेराे व्यक्तिगत कुरा हाे । बिचमा नबाेल ।
बाेल्छु , एउटा ईमानदार अनि सफलताको उच्च रफतारमा रहेकाे केटालाई बिहे बहाना गरेर नाम र दाम कमाउन प्रयाेग गरि उल्टै याैन हिंसाको अाराेप लगाउनेलाई जे भन्दा पनि हुन्छ ।
त्याे त क्षमताको कुरा हाे केटि, तलाइ के थाहा स्टार्डमका कुरा ?
तँ त मुख छापेर हिड्नुपर्ने तर साेढे खाेज्दै हिड्छेस ।
हेर , म झुकेर हिडे भने , साराकाे अगाडि म गलत सावित हुनेछु । त्यसैले हासेर हिड्नु मेराे बाध्यता हाे । झुक्न मलाई अाउदैन पनि ।
कस्ताे बाध्यता , शरीर बेचेर कमाएकाे मान, सान र स्थान , त्यहि मान्छेले खाेस्न सक्छ हाेस गर , जस्ले तलाई बनाकाे छ ।
नाई यार त्यस्ले मलाई त्यसाे गर्दैन, उसले मलाई साचाे गर्छ ।
अनि फेरि किन त्यसलाई धाेका दिईस त ?
माया गरेकाे थिइन , कहिल्यै पनि गरिन मैले ।
राेएकाे नाटक चाहि किन गरिस ?
……….
खै बाेलेकी , तेराे बाउले अामालाई यस्तै बेहाेराले गर्दा छाेडेकाे थियो , अाज त पनि नामि भएकी छाै ।
जिन्दगी चल्न पैसा चाहिन्छ , माया अनि परिवार हैन ।
हाे सहि भनिस, तेराे अामाले पनि यहि गरेर घर बिगारी , त पनि यहि गर , तेराे घर कहिल्यै बन्दैन हेर्दै जा ।
केही हुन्न हात थाम्ने हजार भेटिन्छ यार !
हात थाम्ने मात्रै भेटिएको हाे तलाई साथ दिने हैन, एक दिन कुवा पनि सुक्छ ….
भयाे अब, तलाई केही भन्नू छ भने भनिहाल , म फाेन राख्छु । उहाँलाई समय दिनु पर्छ ।
वर्ष दिन अगाडि ,बिचरा उसलाई पनि यहि भन्थिस , अचम्म लाग्याे मलाई । त वेश्या हाेस कि प्रेमिका थिईस मलाई अाज अाएर छुट्टाउनु गाह्राे भयाे ।
मैले तलाइ सम्झाउनकाे लागि पनि कल गरेकाे हैन ।
त जस्तो दुईचार जना केटिहरुले गर्दा सारा नारी अस्तित्वमाथि नै दाग लागेकाे हाे , हामी सबै बदनाम भएका छाै । सबै पुरुष गलत हुन्छ भन्ने मानसिकताले गर्दा सारा प्रमाण हुदा पनि कानुनले तँ जस्तोलाई छुन सक्दैन ।
अझै केही बिग्रिएकाे छैन, सुध्रेर फेरि उसैसंग सम्बन्ध गास्नु त भन्दिन , तर उसलाई प्रयाेग गरेर कमाएकाे नाम र उस्ले बनाइ दिएकाे स्थानलाई कदर गर । अब मसग पनि कुनै सम्बन्ध बाकी रहेन तिम्राे । तिमिसंग संगत गर्दा मलाई डर लागिरहेकाे छ ,कतै तिम्रो उपमा , मैले त पाउने हैन ?
गुड बाइ मैयाँ ।