भोलि बाँकेमा ४० जना डिस्चार्ज हुदै : योसंगै डिस्चार्ज हुनेको सङ्ख्या १ हजार बढी

बाँकेमा कोरोना भाइरस ( कोभिड १९) लाई जित्नेको सँख्या दिनप्रतिदिन  बढ्दै गएको छ । भोलि सोमबार  ४० जना कोरोनालाई जितेर घर फर्कदै छन् । जस अन्तर्गत १६ जना महिला र २४ जना पुरुष  रहेका छन् ।  यो संगै भोलिसम्म १ हजार ३६ जनाले कोरोना भाइरसलाई पराष्त गरेका हुनेछन् ।

सोमबार  २९ गते  ४० जनालाई डिस्चार्ज गर्न लागिएको  स्वास्थ्य कार्यालय बाँकेका कोभिड १९ फोकल पर्सन नरेश श्रेष्ठले बताए । हालसम्म बाँकेमा १ हजार  ४ सय ४० जना कोरोना संक्रमित भएका छन् ।

कोरोना परीक्षणको रिपोर्टमा पुष्टि भएपछि उनिहरुलाई गत भदौ १५ गते आईसोलेशन सेन्टरमा भर्ना गरिएको थियो । बाँकेका विभिन्न आईसोलेशनमा राखिएको १४ दिनपछि डब्लुएचओ स्वास्थ्यको  मापदण्डअनुसार  उनीहरूलाई  डिस्चार्ज गर्न लागिएको श्रेष्ठले जनाउनु भएको छ । अब विभिन्न आइसोलेसनमा  ४ सय २ जना उपचारार्थ रहेका हुनेछन् भने हालसम्म कोरोनाका कारण बाँके जिल्लामा ८ जनाको मृत्यु भइसकेको छ ।

बाँके जिल्लामा रोगको  प्रकोप दरप्रति १०० मा  ०.२४ प्रतिशत, बिरामीको मृत्यु दर ०.५६ प्रतिशत र बिरामीको निको हुने दर ७१.९४ प्रतिशत रहेको छ ।
हेर्नुहोस् लिष्ट

Loading…

प्रतिक्रिया