भागरथी भट्टको हत्यारा पत्ता लाउन शैशव मञ्च निरन्तर न्याय माग्दै ।

बैतडी -भागरथी भट्टको हत्यारा पत्ता लाउन शैशव मञ्च नेपाल ,दिव्य ज्योति बाल क्लब र मार्गदर्शन बाल क्लबले कनकाई मा. विको प्रांगण देखि सुरुङ्गा बजारसम्म बिरोध र्याली संगै सुरुङ्गा बजारमा कोण सभा र दिप प्रज्वलन गरियो ।

बैतडीमा बिहीबार मृत अवस्थामा फेला परेकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको पोस्टमार्टम रिपोर्टबाट पुष्टि भए सगै बिभिन्न ठाउँमा बिरोध र्याली सहित न्यायको लागि आवाज उठिरहेको छ । यसै गरि आज दिव्य ज्योति बाल क्लब, शैशव मञ्च नेपाल र मार्गदर्शन बाल क्लबले कनकाई मा. विको प्रांगण देखि सुरुङ्गा बजारसम्म बिरोध र्याली सगै सुरुङ्गा बजारमा कोण सभा र दिप प्रज्वलन गरेको छ ।

बालबालिका एक हौँ , भागरथीलाई न्याय दिलाऔँ ,बाल हिँसा अन्त्य गर , दोषिलाई कारबाही गर , भगवति न्याय दे र बालबालिका लाइ सुरक्षा दे जस्ता नारा लगाइ उक्त र्यालि सुरुङ्गा बजारमा कोण सभा र दिप प्रज्वलनमा परिणत भएको छ । पटक पटक बालिका बलात्कार हुदाँदा पनि सरकारले ठोस कदम नचाल्न नसक्नुले बालिका बलात्कारको घटना कम हुन नसकेको भन्दै सरकारको काम प्रति शैशव मञ्च नेपाल केन्द्रीय अध्यक्ष दिवस कार्कीले असन्तुष्टि व्याक्त गरेका छन् । साथै भागरथी भट्टको हत्यारा पत्ता लाउन उच्च संयन्त्र परिचालन गर्न आग्रह गर्दै यस्ता अमानवीय किसिमका घटनाको घोर भर्त्सना गरेका छन् । भागरथी भट्टको आत्माको चिरशान्तीको कामना गर्दै सनिबार बेलुका विर्तामोडमा र अन्य ठाउँमा पनि न्यायको लागि आवाज उठाउने जानकारी दिएका छन् ।अर्का वक्ता दिव्य ज्योति बाल क्लबका अध्यक्षका अनुसार ” निर्मला पन्त जस्तै न्याय नपाउने अवस्था भवगतिलाइ नजावस हामि उक्त विरोध र्याली भोलि पनि निरन्तरता दिने छौँ”।साथै शैशव मञ्च नेपालका झापा जिल्ला अध्यक्ष टिकाराम बास्तोलाले छिटो भन्दा छिटो भागरथी भट्टको हत्यारा पत्ता लाउन आग्रह गरेका छन भने बालिका वक्ता दिव्य ज्योति बाल क्लबकी कोषाध्यक्ष सुस्मा कार्कीले बालिका बलात्कार गर्नेलाई फासीको सजायको माग गर्दै सरकारले भागरथी भट्टको बलात्कारीलाई छिटो पक्राउ गर्न आग्रह गर्दै घटना प्रति घोर भर्सना गरेकी छन् ।

प्रतिक्रिया