बुद्ध युवा क्लब नेपालगन्जद्वारा वृहत् रक्तदान कार्यक्रमको आयोजना

नेपालगन्ज : सामाजिक क्षेत्रमा लामो समयदेखि सक्रिय रहेको बुद्ध युवा क्लब नेपालगन्जद्वारा भोलि कार्तिक २ गते वृहत् रक्तदान कार्यक्रमको आयोजना  गरेको छ ।

क्लबले  रक्त सञ्चार केन्द्र बाँकेमा रगतको अभाव भइरहेको अवस्थामा कसैले पनि रगतको अभावमा मृत्युवरण गर्न नपरोस् भनेर रक्त सञ्चार केन्द्र बाँकेको प्राविधिक सहयोगमा  रक्तदान कार्यक्रम आयोजना गरेको क्लबका अध्यक्ष युवराज खड्काले  बताए ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ को वडा कार्यालय परिसरमा दिउँसो १२ बजे देखि गरिएको कार्यक्रममा सबैलाई रक्तदान गर्न आउन अनुरोध गरिएको छ । ५० पिन्ट पोका भन्दा बढी  कलेक्सन गर्ने गरि तयारी गरेको क्लबका सचिब तरुण ब्रजाचार्यले बताए ।

कोरोनाको अहिलेको विषम परिस्थितिमा कसैले पनि रगत नपाएर मृत्युुवरण गर्न नपरोस् भनेर रक्तदान कार्यक्रम राखिएको क्लबका कोषाध्यक्ष केशब गुरुङले बताए ।

प्रतिक्रिया