बिकास निर्माणका काम लाई प्राथमिक र सम्भावना बोकेर हिडेका छौ :- वडा अध्यक्ष जैसी


जयपती ढकाल हुम्ला । हुम्ला जिल्ला ताँजाकोट गाँउपालिका लाई दिगो बिकास निर्माणका काम लाई प्राथमिक र सम्भावना बोकेर काम संचालन गरेका छौं।


आ.वा आर्थिक बर्षमा आएको कुल बजेट ५ करोड ४९ लाख मध्य ४५ लाख फिरिर्ज गएपनि ५ करोड ४ लाख बिकास निर्माणमा खर्च भएको छ ।

ताँजाकोट गाँउपालिका वडा नम्बर ४ हुम्ला आ.वा आर्थिक बर्ष ७६/७७ मा आएको बजेटलाई समान,आवश्यकता भएको स्थानलाई बढी निगरानीका साथ बिकास गरेको वडा अध्यक्ष धनलाल जैसीले बताए ।

दुर्गम भौगोलिक बिकटता बोकेको गाँउपालिका भए पनि चुनौतीको सामना गर्दै अवसरलाइ दिगो बिकासको रुपमा लिएको अध्यक्ष जैसी बताउछन् ।

सडक संजालमा नजोडिएको हुम्ला जिल्ला अहोरात्र लामो प्रयास बाट सडक संजाल जोडिएर थप टेवा पुगेको ,जनतामा खुसी छाएको जैसीले बताए ।

गाउँ गाउँ टोल टोल जोड्न सडकमा १ करोड ३८ लाख रुपैयाँ ,सिचाइमा ६७ लाख ,बाढी पहिरो नियन्त्रण तथा बृक्षरोपण गेबिनमा ३६ लाख ,खानेपानीमा ३१ लाख,२२ लाख कृषिमा १ करोड ३० लाख शिक्षामा २० लाख बिकास निमार्णको काम गरेर ९५ प्रतिशत काम हरु सम्पन्न भएको र ५ प्रतिशात काम मसान्तसम्म सम्पन्न गर्ने अध्यक्ष जैसीको दावी छ,।

संघ,प्रदेश ,गाउँपालिका, संघसंस्था बाट हारगुहार गरेर बजेट ल्याएपनी भौगोलिक दृस्टीकोट ,बिकट्ता,अशिक्षित ,गरिबी ,बेरोजगार गर्दा केही समस्या भोग्नु परेको अनेक चुनौतीका बावजुद पनि दिगो बिकास ,समृद्धि खोजी रहेको जैसी भनाइ छ,।

सामाग्री खरिद गरेर ल्याउदा ढुवानीमा समस्या समानको जटिलताले केही असर पारेको छ,तथापि जनतामा निर्वाचित हुदा दिएका आशवासन ,दृढता आफुले भनेका केही भनाइ र जनताको मागलाई सम्बोधन गर्दै शहरको सुबिधा गाँउमै दिने कोसिस गरिरहेको ,र सडक ,विद्युत,शिक्षामा बढी जोड दिएको अध्यक्ष जैसी बताउछन् ।

आवश्यकता र समयको माग अनुसार बिकासमा तीव्रता दिएको र सुबिधा सम्पन्न तीन वटा विद्यालय मर्च गरि एउटा नमुना अावासीय बिधालय घोषणा गरि निमार्णाधिन भइ गुणस्तरीय शिक्षाको लागि हरकदम चाली रहेको बताए ।

गरिब तथा बिपन्न परिवारलाइ छात्रवृत्ति आर्थिक सहयोग भर्पुररुपमा दिएको जैसीको दाबी छ,अब आउने दिनहरुमा शिक्षा कार्यबिधी ल्याएर गुणस्तरीय शिक्षा,प्राथमिकता दिने कार्ययोजना बनाएको बताउँछन् ।
यस आर्थिक बर्षमा आएको कुल बजेट २ करोड ३७ लाख मध्य गाँउपालिकाबाट आएको ८२ लाख ५० हजार र प्रदेश ,संघ बाट १करोड ५४ लाख ५० हजार बिनियोजन गरिएको छ,।
यस आर्थिक बर्षमा पनि सडक,सिचाइ ,शिक्षा ,गोरेटो बाटो,ढलनिकास,विविधमा बिनियोजन गरिएको बताएका छन ।

Loading…

प्रतिक्रिया