बाँकेमा सञ्चालन हुन लागेका फुड बैंकमा सहयोग गर्नेहरू बढ्दै : हेर्नुहोस् सहयोगी दाताहरुको नामावली

नेपालगन्ज : कोरोना भाइरसको विषम परिस्थितिमा कोही पनि नागरिक भोकभोकै मर्न नपरोस् भनि “हुनेले दिऔ, नहुनेले लिएर जाऔं ” भन्ने अभिप्रायका साथ  बागेश्वरी असल शासन क्लब बास नेपालगन्ज , रोटरी  क्लब अफ नेपालगन्जको व्यवस्थापनमा तथा गैर सहकारी संस्था  महासंघ बाँके, नेपालगन्ज उपमहानगरपालिका र आइ एच आर सी को सहकार्यमा यही भाद्र ३१ गते देखि नेपालगन्जको अस्पताल रोड स्थित गैरसरकारी संस्था महासंघ नेपाल बाँकेको कार्यालय र काँरकाँदौ स्थित जय पृथ्वी सहकारी संस्थाको कार्यालयमा सञ्चालन हुन लागेका फुड बैंकमा खाद्यान्न सहयोग गर्नेहरू बढ्दै गएका छन् ।

सहयोगी दाताहरुमा नेपालगञ्ज मेडिकल कलेज नेपालगन्जमा नर्सिङ अधिकृत पदमा कार्यरत सुमन गिरी श्रेष्ठले ५० किलो चामल र दुई हजार नगद , पूर्ण तारा फाउन्डेसनबाट ५० किलो चामल,
समाजसेवी मिना श्रेष्ठले ५० किलो चामल, १ कार्टुन सनफलावर तेल, २ प्याकेट सेन्चुरी मसला र ५०० वटा प्लास्टिकको झोला,
भृकुटी नगर टाेल विकास समिति र सम्पुर्ण टाेलवासीहरूकाे तर्फबाट फुड बैंकका लागि १५० किलो चामल, ३० किलो पिठो, १ कार्टुन तेल सहयोग प्राप्त भएको बासका कार्यकारी निर्देशक नमस्कार शाहले बताए ।

त्यसैगरी सहयोग गर्नेहरुमा शिक्षाबिद् डा. जनार्दन आचार्य र किरण आचार्यले ६० किलो चामल र केही प्याकेट नुन , नेपालगञ्ज उपमहानगरपालिका की प्रमुख महिला बिकास अधिकृत शोभा शाहले ७५ किलो चामल र ६ किलो दाल सहयोग गर्नु भएको  शाहले बताए । अरु सहयोग गर्ने मनकारीहरुलाई सहयोग गर्न अनुरोध गरिएको छ ।


Loading…

प्रतिक्रिया