बाँकेमा कोरोनाबाट मर्नेक्रम रोकिएन: ७० वर्षीय कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु

नेपालगन्ज :कोरोना भाइरस  संक्रमणबाट बाँकेमा आज अर्की ७० वर्षीय महिलाको   एकजना पुरुषको मृत्यु भएकोछ । यो संगै बाँकेमा कोभिड १९ बाट मृत्यु हुनेको सङ्ख्या ३३ जना पुगेको छ ।

नेपालगन्ज उपमहानगरपालिका  वडा नं १६ निवासी ७०  वर्षिय ती महिलालाई श्वासप्रश्वास लगायत स्वास्थ्यमा समस्या भएपछि कार्तिक  १२ गते भेरी अस्पताल  नेपालगन्जमा भर्ना गरिएको थियोे ।  नीजलाई कोभिड १९ को शंका मानी १२  गते नै स्वाव संकलन गरिएको र पिसिआर जाँच गर्दा १३ गते रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ ।

अस्पताल   स्रोतका अनुसार नीजलाई श्वासप्रश्वासमा समस्या रहेको थियोे । उपचारमा संलग्न चिकित्सकका अनुसार बिरामीलाई अक्सिजन थेरापी लगायतका  निजलाई  कोभिडको उपचारमा गर्नुपर्ने सम्पूर्ण विधिहरु अपनाएर उपचार गरिएको बताएका छन् ।

क‍ोरोना  संक्रमित ती महिलाको स्वास्थ्यमा सुधार नआएर उपचारको क्रममा  कार्तिक  १६ गते साझ  ५:०० बजे मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ्ग, नेपाली सेनाबाट अहिले शब व्यवस्थापन गर्ने कामका लागि परिवारहरुसंग समन्वय  भइरहेको बताइएको छ।

प्रतिक्रिया