बाँकेमा एकैसाथ चारवटा कृति विमोचन

नेपालगन्ज – भेरी साहित्य समाज भाषा तथा समालोचना विभागद्वारा आज एकैसाथ चारजना लेखकको कृति विमोचन भएको छ ।
भेरी साहित्य समाज केन्द्रीय कमिटीका अध्यक्ष  हरि तिमिल्सिनाको ‘लिम्पियाधुरा’कविता सङ्ग्रह,लेक प्रसाद प्याकुरेलको ‘वर्तमान बिझाउंदा’ मुक्तक सङ्ग्रह, अब्दुल लतिफ शौकको ‘ये हय मेरी तलास’ गजल सङ्ग्रह र जागेश्वर नेपालको ‘मान्छे र आस्था’कविता सङ्ग्रहको  विमोचन भएको हो ।

विमोचन तथा समालोचना गर्न कार्यक्रममा  प्राज्ञ सनत रेग्मी, समालोचकहरू डा.गोपाल शर्मा अधिकारी, खगेन्द्र कोपिला, मीना बराल, हरि सुवेदी र अन्सर नेपालीले गर्नु भएको थियोे । उक्त विमोचन कार्यक्रम  बरिस्ठ पत्रकार पूर्णलाल चुके, साहित्यकार महानन्द ढकाल, इन्द्र भण्डारीलगायतको उपस्थिति रहेको थियोे । उक्त  कार्यक्रम भाषा तथा समालोचना विभागले गरेको थियोे ।

प्रतिक्रिया