बाँकेमा अनुसन्धानका कार्यरत जवानको हत्या गरिएको अवस्थामा लास भेटियो

नेपालगन्ज – बाँकेको नेपालगंज उपमहानगरपालिका कारकादो  मेरी गोल्ड स्कुल पछाडिको खेतमा  एक युवक हत्या गरिएको अवस्थामा फेला  परेका छ्न ।

नीज मृतकलाई धारिलो हतियारले टाउकोमा हानेर हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान गरेको छ । बाँके प्रहरी प्रवक्ता, डिएसपी सुवास खड्काले मृतक राष्ट्रिय अनुसन्धान कार्यालय बाँकेमा सहायक सूचकको रुपमा कार्यरत प्रविन थापा मगर रहेको जानकारी दिएका छन् ।

उनलाई अहिले पोष्टमार्टमका लागि भेरी अस्पताल नेपालगन्जमा लगिएको छ । विस्तृत विवरण आउन बाकी रहेको छ ।

प्रतिक्रिया