बलात्कारि हत्यारा अस्पताल बाट फरार


डोटि
डोटीको मस्टा गाउँपालिकाकी १२ वर्षीया सम्झना कामीको हत्याका आरोपित राजेन्द्र बोहरा अस्पतालबाट राति नै झ्याल फोडेर भागेका छ्न ।

पुर्पक्षका लागि बाल सुधार केन्द्र डोटीमा बोहरालाई राखिएको हो ।

बोहरा जिल्ला अस्पताल डोटीको आइसोलेसनबाट राति १० बजेतिर फरार भएको जिल्ला प्रहरीप्रमुख एसपी जनक पाण्डेले जानकारी दिएका छ्न ।

कोरोना संक्रमण भएपछि बोहरालाई मंसिर ६ देखि बालसुधार गृहबाट अस्पतालको आइसोलेसनमा राखिएको र स्वास्थमा सुधार आएको थियो ।

अहिले बोहराको खोजीका लागि व्यापक प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ ।

बोहराले सम्झनाको बलात्कारपछि हत्या गरेको स्वीकार गरिसकेका छन् । उनले बलात्कारपछि बालिकालाई त्रिशूल, घन र ढुंगाले हानेको बयान दिएका थिए ।
बोहराको जन्ममिति विभिन्न ठाउँमा फरक–फरक देखिएका छन् ।

प्रतिक्रिया