बर्दियाको बासगढीमा निशुल्क बाल स्वास्थ्य शिविर सम्पन्न ।

नेपालगन्जः बर्दियाको बासगढीस्थित एसओएस स्वास्थ्य केन्द्रमा विहीबार नेपालगन्जमा सञ्चालनमा रहेको रामारोसन मेडिकल हल लगायतका संस्थाको संयुक्तरूपमा आयोजनाको नि: शुल्क बाल रोग स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

उक्त शिविरमा करिव ७० जना बालबालिकाको स्वास्थ्य चेकजाँच गरिएको ओलास्का रामारोशन मेडिकल हलका संचालक सन्तोष शाहले जानकारी दिनुभयो । रामारोशन मेडिकल हल, एसओएस मेडिकल सेन्टर र लायन्स क्लव नेपालगन्ज अफ सेन्ट्रलकाे आयोजनामा स्वास्थ्य शिविर गरिएको हो।

ती बालबालिकाहरुलाई निशुल्क परामर्श सेवासँगै ल्याव र औषधि पनि प्रदान गरिएको शाहले बताउनुभयो । भेरी अस्पताल नेपालगन्जका बालरोग विशेषज्ञ डा.विष्णु कुमार थापाले बालबालिकाहरुको स्वास्थ्य चेकजाँच तथा परामर्श गर्नुभएको हो । डा- थापाका अनुसार सिजनल फ्लो, कुपोषण तथा ग्याष्ट्रिकको बिरामीहरु चेकजाँचका क्रममा देखिएको बताउनुभयो ।

प्रतिक्रिया