बरिस्ठ योग प्रशिक्षक घिमिरेद्वारा निशुल्क अनलाइन ध्यान अभ्यास, सबैलाई जोडिनु हुन अनुरोध

पछिल्लो समयमा नेपालमा कोरोना संक्रमितको सङ्ख्या दिनानुदिन बढ्दै गइरहेको छ, यस्तो बेलामा सबै चिन्तित हुने गर्दछन् मानिसले कोरोना लागेमा कसरी निको गराउने र कसैले लाग्नै नदिन कसरी शरीरलाई एक्टिभ गराउने भनेर काठमाण्डौंबाट बरिस्ठ योग प्रशिक्षक कन्चन घिमिरेले प्रत्येक दिन साझ ८:१५ देखि ९:३० बजेसम्म ध्यान, मन्त्र अभ्यास गराउदै आउनु भएको छ ।

नेपालमा जुनसुकै जिल्लामा बसोबास गरेको भएपनि इन्टरनेटको सुविधा भएकाहरुले यो सुविधा लिन सकिन्छ । यसबाट कोभिड १९ लागेर तनाव भएका व्यक्तिहरुपनि अभ्यास पश्चात् पोजेटिभ सोचाइ राखेर आत्मबल बलियो गराउने हुदा सजिलोसँग कोरोनालाई परास्त गर्न सक्ने प्रशिक्षक घिमिरेले बताउनुभयो ।

घिमिरे नेपालका धेरै जसो जिल्लाहरुमा योग अभ्यास गराउदै हिड्नु हुन्छ अहिले कोरोना महामारीको समयमा अनलाइन सिकाउनु भएको छ । उहाँले सबैलाई उक्त समयमा अनलाइन जोडिएर ज्ञान लिनुहुन अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया