प्रेस संगठन नेपाल बाँकेको जिल्ला भेला सम्पन्न, ३७ जना सदस्यहरु मनोनीत: हेर्नुहोस् नामावली

प्रेस संगठन नेपाल बाँकेको सह-संयोजकमा राजेश आचार्य चयन भएका छन । शनिबार नेपालगन्जमा सम्पन्न भेलाले संगठन विस्तार गर्दै सह-संयोजकमा आचार्यलाई चयन गरेको हो । त्यसैगरी भेलाले ३७ जनालाई संगठनको जिल्ला सदस्यमा मनोनित गरेको छ । शनिबार नयाँ पदाधिकारी चयन भएसँगै प्रेस संगठन बाँकेले पूर्णता पाएको छ ।

डक्ट प्रसाद धिताल नेतृत्वको संगठनका सहसंयोजक हेमन्त विक अर्कै संगठनमा आवद्ध भएपछि उनको स्थानमा आचार्यलाई नियुक्त गरीएको हो । त्यसैगरी संगठनको जिल्ला कार्यसमिति सदस्यमा बाँकेका विभिन्न संचारमाध्यममा कार्यरत ३७ जना पत्रकारलाई मनोनित गरिएको संगठनका संयोजक धितालले जानकारी दिए ।

मनोनित भएका सदस्यहरुलाई फागुन १५ गते एक कार्यक्रमका बीच सपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ ।

प्रेस संगठन बाँकेका संयोजक डक्ट प्रसाद धितालको संयोजकत्वमा भएको कार्यक्रममा नेकपाका नेता एवं संबिधान सभा सदस्य दल बहादुर सुनार, नेकपा नेतृ एंव लुम्बिनी प्रदेश सभा सदस्य कृष्ण केसी (नमुना), नेकपा बाँकेका सचिव अशोक कोइराला, नेकपा लुम्बिनी प्रदेश सदस्य नरेन्द्र न्यौपाने, अग्रज पत्रकार भिम रावत, शिव सुनार , प्रदिप वाग्ले , गोविन्द शर्मा लगायतले मन्तब्य राखेका थिए ।

कार्यक्रममा बोल्ने वक्ताहरुले सांसद पुर्नस्थापनाकालागि आ-आफ्नो स्थानबाट दवाव दिनुपर्ने बताएका थिए । संचार क्षेत्रको माध्यमबाट वर्तमान सरकारले चालेको असंवैधानिक र प्रतिगामी कदमको विरोध गर्न समेत वक्ताहरुले आग्रह गरेका थिए ।
नेपालगन्जको स्वस्तिक कटेजमा भएको कार्यक्रममा १०० भन्दा बढी पत्रकाहरुको उपस्थिति रहेको थियोे ।

उक्त कार्यक्रममा स्वागत मन्तव्य पत्रकार महासंघ बाँकेका सदस्य तथा प्रेस संगठन नेपाल बाँकेका सदस्य  आलाम खानले राखेका थिए भने कार्यक्रम सञ्चालन प्रेस संगठन नेपाल बाँकेका सह संयोजकमा मनोनीत राजेन्द्र आचार्यले गरेका थिए ।  मनोनीत गरिएका सह संयोजकमा  राजेन्द्र आचार्य त्यसैगरी  सदस्यहरुमा  चन्द्र बोहरा ,शुशिला शर्मा,सन्तोष कुमार बिष्ट ,शिवराज साहु ,चन्द्रा सिहं,मुस्ताक जसगढ,लोकनाथ शर्मा,जीवन सिहं ठकुरी ,मोविरुद्विन सिद्विकी ,शिवम गुप्ता,युसुफ अंसारी ,बिनय पाठक ,मार्शलराज सन्जेल,धर्म गौतम ,विवेक रेग्मी ,बिधुत्मा रैका भुजेल ,रामगोपाल बि क ,शुभाखर बिश्वकर्मा,कल्पना कार्की ,बिन्दु बि-सी ,बिपिन खड्का ,प्रकाश बि- सी ,किस्मत अलि ,इरफान अलि,पहल के सि इश्वरि बहादुर के सी ,धुर्व चौधरी ,हरि देवकोटा ,प्रेम सिहं ,कुशल दर्लामी ,सलामत अलि शेष ,ताहिर शेष ,रमेश चन्द कुमाल ,शुभम शर्मा,सुजन श्रेष्ठ ,गंगा बहादुर बोगटी मनोनीत भएका छ्न ।

प्रतिक्रिया