प्रधानमन्त्री वलीले अचानक किन बोलाए सुरक्षा परिषद्को बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले एकाबिहानै सुरक्षा परिषदको बैठक बोलाएका छन् । बैठक अहिले  बिहान ९ बजे सिंहदरबारस्थित परिषदको कार्यालयमा बस्ने छ ।

परिषदका सदस्य सचिव एवम् रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डेले यो बैठकलाई नियमित भनेर भनेका छन् । उनले आजको बैठकबाट निर्णय गर्नुपर्ने खास एजेण्डा नभएको बताएका छन् ।

यद्यपि कतिपयले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमलाई मध्यनजर गर्दै बैठक बोलाइएको अनुमान गरेका छन् । खासगरी राष्ट्रिय विपद र सुरक्षामा खतरा पैदा भए सेना परिचालन गर्ने निर्णय गर्न सुरक्षा परिषदको बैठक बस्ने गर्दछ । देशको सुरक्षा अवस्थाबारे छलफल गर्न पनि आवश्यकताअनुसार बैठक बस्ने गर्दछ । आज बैठक बोलाउनुको उद्देश्य भने खुलेको छैन । यसअघि गत कात्तिकमा सुरक्षा परिषदको बैठक बसेको थियो ।

प्रधानमन्त्री अध्यक्ष रहने सुरक्षा परिषदमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव र प्रधानसेनापति सदस्य रहने व्यवस्था रहेको छ ।

प्रतिक्रिया