प्रधानमन्त्रीको असंवैधानिक कदम विरुद्ध हुम्लामा प्रचण्ड – माधब समुहले विरोध तथा भेला कार्यक्रम गर्ने ।

फोटो जयपती ढकाल


टाइम्स संवाददाता ।
प्रधानमन्त्री के पि शर्मा वलि द्वारा चालिएको असंवैधानिक ,अलोकतान्त्रिक कदमको विरुद्धमा नेपाल कम्युनिष्ट पार्टी हुम्ला प्रचण्ड नेपाल समुहले प्रत्येक गाँउपालिका स्तरीय बिरोध प्रदर्शन र जिल्ला स्तरीय सभा गर्ने भएको छ ।

मिति पुष २२ गते बसेको निर्णयले तपशिल बमोजिमका कार्यक्रम गर्ने भएको हो ।
१ पुष २४ गते प्रधानमन्त्रीको असंवैधानिक ,अलोकतान्त्रिक कदमका विरुद्ध प्रमुख जिल्ला अधिकारी मार्फत संबिधानको पुस्तक र बिरोध पत्र बुझाउने ।
२ माघ २ गते प्रत्येक गाँउपालिका केन्द्रमा बिरोध प्रदर्शन तथा सभा गर्ने उक्त सभामा तपशिल बमोजिमका वक्ताहरु रहने जानकारी गराइएको छ ।
ताँजाकोट गा.पा – कमरेड रणसिंह परियार ,गोपाल बुढा,हरिदत्त जैसी ,मंगल नेपाली ,नरदिप थापा, मदन परियार
अदानचुली गा.पा- क.कल बहादुर हमाल ,हस्त बहादुर शाही ,सौमती ऎडि ,दलु फडेरा,कर्ण रोकाया,बिष्णु बुढा
चंखेली गा.पा- क.गोबिन्द्र बहादुर शाही ,भार्मल बुढा,धनलाल चौलागाईं ,लक्ष्मी बुढा ,उढिम भण्डारी
सर्केगाड गा.पा – क. ज्ञामि बुमि,चन्द्र सिंह कार्की ,कृष्ण रोकाया,छवि थापा,जोसि धामी
खार्पुनाथा गा.पा – क . लोक बहादुर हमाल ,सजक रावल ,प्रेम बुढा
सिमिकोट गा.पा – क .बिजय भण्डारी, लालकेश जैसी ,शिवराज शर्मा ,महेन्द्र बहादुर शाही, तिर्थराज रोकाय,
डवल रावत
नाम्खा गाँउपालिकामा- ड्ब्ला लामा,बिष्णु लामा ,नोरजङ तामाङ ,छपाल लामा,रहने नेपाल कम्युनिष्ट पार्टी हुम्ला का अध्यक्ष लालकेश जैसीले बताए ।

त्यसैगरि माघ ६ गरे कर्णाली प्रदेश इन्चार्ज जनार्दन शर्माको प्रमुख अतिथित्यमा हुम्ला जिल्लाको सदरमुकाम सिमिकोटमा बृहत अगुवा कार्यकर्ता भेला गर्ने अध्यक्ष जैसीले बताए ।

उक्त भेलामा जिल्ला कमिटि सदस्यहरु जनवर्गीय संगठनका केन्द्रिय सदस्य जिल्लाका संयोजक र सह- संयोजकहरु गांउकमिटिका पदाधिकारीहरु वडाकमिटिका पदाधिकारीहरु प्रदेशपरिषदका सदस्यहरु निर्वाचन समन्वय कमिटीका सदस्यहरु र नेकपा सम्वद्व जिल्ला समन्वय समिती गाँउकार्यपालिका सदस्यहरु उपस्थित हुन नेकपा हुम्ला प्रचण्ड नेपाल पक्षले आवान गरेको छ ।

उक्त भेलामा प्रमुखवक्ताहरु
कमरेड जनार्दन शर्मा स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज ,निराज आचार्य पार्टि केन्द्रिय सदस्य ,बिजय भण्डारी पार्टी केन्द्रिय सदस्य ,छक्क बहादुर लामा पार्टी प्रदेश कमिटी सदस्य तथा प्रतिनिधिसभा सदस्य ,छिमी दोर्जी लामा पार्टी प्रदेश कमिटी सदस्य तथा पुर्वप्रतिनिधिसभा सदस्य ,
लोक बहादुर हमाल प्रदेश कमिटी सदस्य वरिष्ठ नेता हुम्लाका कार्चेन लामा, डा.दिपेन्द्र रोकाया प्रदेश कमिटी सदस्य सो कार्यक्रममा उपस्थिती हुने नेकपा हुम्ला अध्यक्ष जैसिले बतानु भएको छ ।

प्रतिक्रिया