प्रदेश नं २ मा थप ७ जनाको मृत्यु भएसंगै मृतकको सङ्ख्या ८४ पुग्यो

जनकपुर –  विश्वभरि फैलिएको नोबेल कोरोना संक्रमण (कोभिड १९) बाट प्रदेश २ मा थप ७ जनाको मृत्यु भएको छ । शनिबार पर्सामा ३ जना, महोत्तरीमा २ र सिरहामा २ जना गरि ७ को मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यो सँगै प्रदेश नं २ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८४ पुगेको छ । 

प्रदेश नं २ का सामाजिक बिकास मन्त्रालयका वरिष्ठ चिकित्सक डा- कमलेश प्रसाद यादवका अनुसार यस भन्दा पहिले शुक्रबार ५ र बिहिबार ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । 

आज  पर्साको वीरगंज महानगरपालिका वडा नम्बर १२ मुरलीका ४८ वर्षीय पुरुष, मनियारी २२ पर्साका ३७ वर्षीय पुरुष र वीरगंज १२ को ६५ वर्षीय महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । 

त्यस्तै महोत्तरीको भंगहा नगगरपालिका वडा नम्बर १ का ३५ वर्षीय पुरुष र पिपरा गाउँपालिका वडा नम्बर ७ को ७० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको जनाइएको छ । 

त्यस्तै सिरहाको सुखीपुर नगरपालिका वडा नम्बर ८ का ५५ वर्षीय पुरुष र लहान नगरपालिका वडा नम्बर १८ का ४५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

कोरोनाबाट पर्सामा ३३, बारामा १३, धनुषामा १२, महोत्तरीमा ८, सिरहामा ७, सप्तरीमा ५, रौतहट र सर्लाहीमा ३/३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Loading…

प्रतिक्रिया