प्रजातन्त्र दिवसको अवसरमा रा प्र पा नेपालगंजको दिप प्रज्वलन ।

नेपालगंज – आज प्रजातन्त्र दिवस । स्वदेश तथा विदेशस्थित विभिन्न नियोगहरुमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइयो र राष्ट्रिय प्रजातान्त्र पार्टी बाँके जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको दिनको स्मरणमा त्रिभुवन चोकमा दिप प्रज्वलन विभिन्न कार्यक्रम गरी यो दिसव मनाइँदै छ । 
प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ । २००७ सालमा राजा त्रिभुवन र राजनीतिक दलहरूको संयुक्त प्रयासमा १०४ वर्षको जहाँनिया राणाशासनको अन्त्य गर्दै प्रजातन्त्र स्थापना गरिएको थियो ।

प्रजातन्त्र स्थापनाका लागि भएको संघर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिएका थिए । प्रजापरिषद् नामक राजनीतिक दल भूमिगत रूपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उनीहरूलाई तत्कालीन राणा शासकहरुले मृत्युदण्ड दिएका थिए ।

नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्त्रको २००६ सालमा एकीकरणपछि बनेको नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको अझै मजबुत बनाउन सुदृढ गर्न राष्ट्रिय प्रजातान्त्रिक युवा नेपालगन्ज नगर कार्यसमिति अध्यक्ष रबि संकर बर्माले कार्यक्रममा बताएका थिए ।

दिपप्रजनन हजारौं सहिद र बेपत्ताहरु सम्झनामा यो गरिएको राष्ट्रिय प्रजातान्त्रिक युवा नगरकार्यसमिती सह-कोषाध्यक्ष अमन गुप्ताले कार्यक्रम गरेको बोलेका थिए र सम्पुर्ण राष्ट्रिय प्रजातान्त्रिक युवा संग आवद्ध संगठनका युवाहरूको बाक्लो उपस्तिथि रहेको थियो ।

प्रतिक्रिया