पूर्वमन्त्री राईको पहलमा डुडुवामा विकासै विकास, स्थानीय भन्छन् – राईले चुनावी प्रतिबद्धता पूरा गरे

बाँके क्षेत्र नम्वर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य मोहम्मद इस्तियाक राइले निर्वाचन क्षेत्रमा थुप्रै विकास निर्माणका काम गरेर आफ्नो चुनावी प्रतिबद्धता पूरा गरेका छन् । शहरी विकासमन्त्री हुँदा त उनले आफ्नो निर्वाचन क्षेत्रमा मात्र होइन बाँकेभरी थुप्रै विकास निर्माणका योजनाहरु ल्याएर त्यस क्षेत्रको विकास गरेका छन् ।

राइकै पहलमा फुसका छाना हटाउने कार्यक्रम देशभरी चर्चित छ । बाँकेमा पनि ठूलो संख्यामा फुसका छाना विस्थापित भए । डुडुवा र नरैनापुरमा पूर्वमन्त्री राइ शहरी विकास मन्त्री हुँदा यो कार्यक्रमबाट सयौं फुसका छाना विस्थापित गराएर टिन लगाइएको छ । करिव २ हजार घरका फुस छाना हटाएर टिन लगाइएको छ ।

जस्का कारण विपन्न तथा स्थानीयबासी खुसीले दंग छन् । फुसका छानाका कारण त्यसक्षेत्रमा बर्सेनी आगलगानीको जोखिम थियो । जस्का कारण मानिसहरुको उठिबास लाग्ने गरेको थियो । अव त्यो समस्याबाट त्यहाँका स्थानीयबासी ढुक्क भएका छन् । यस्को सबै श्रेय राइलाई जान्छ  ।

उहाँको  कार्यकालमा थुप्रै बिकास निर्माणका कामहरु भएका छन् । केही संचालन भई सम्पन्न भईसकेका छन केही योजनाहरु संचालनमा छन । केही योजनाहरु टेण्डर प्रक्रियामा रहेका छन ।  ति थुप्रै बिकास निर्माणका योजनाहरु मध्ये खास गरेर डुडुवा गांउपालिकामा र डुडुवा संगै नगर समेत छोएका योजनाहरु स्थानीयबासीले सम्झन लाएका छन् । उनीहरु भन्छन् राइले चुनावी प्रतिबद्धता पूरा गरेका छन् ।

प्राय नेताहरुले चुनावमा भोट माग्दा विकास निर्माणका लोभ देखाउने जितेर गएपछि फर्किएर नआउने गर्छन् । तर राइ सधै जन्ताको साथमा मात्र रहनु भएन् स्थानीय भन्छन् जनतासँग गरेका वाँचा पनि पूरा गर्नुभएको छ । पूर्वमन्त्री राइको पहलमा भौतिक  पुर्वाधार तथा यातायात ब्यवस्था मन्त्रालयबाट तराई मधेश सडक पुर्वाधार बिशेष  कार्यक्रम अन्तर्गत बनकट्टी बाबु पुर्वा बिर्ता रोड हुंदै लालापुर्वा मोहनपुर उधमगंज भवानियापुर जोडने सडक निर्माण भइरहेको छ ।

यस्तै बनकट्टी चोक देखि बनकट्टी बनकटवा हुंदै रमपुर्वाको झोलुंगे पुल सम्म सडकको निर्माण कार्य भइरहेको स्थानीय बताउँछन् । जसपाका नगर अध्यक्ष श्रवण कुमार यादवका अनुसार एक सांसदलाई एउटा रणनितिक शहर मांग गरिए अनुसार बहुबर्षिय योजना अन्तर्गत  डुडुवा २ को गन्धैली नाला हुंदै बेतहनी अमृत पुर्वा कैराती पुर्वा कोल्ही रमपुर्वा राजाराम पुर्वा मिलन चोक हुंदै रांझा सम्म नेपालगंज सिमाना जोडने सडक निर्माण भएको छ ।

यस्तै स्थानीय पुर्वाधार बिकास मन्त्रालय अन्तर्गत स्थानीय सडक पुल मांग गरिएकोमा २ ओटा पुल सिफारिश हुंदा एउटा बांडी अमृतपुर्वामा निर्माण भईरहेको एउटा लालापुर्वा र सैरही माता मन्दिरको बीचमा रहेको डुडुवा खोलामा यो बर्ष निर्माण शुरु हुने अध्यक्ष यादवले जानकारी दिनुभयो ।

शहरी बिकास मन्त्री हुंदै कालो पत्रे सडकका लागि ३० करोडको टेण्डर गरिएको र अब टेण्डर प्रक्रिया समाप्त भई निर्माण प्रक्रियामा जाने हुलाकी राजमार्ग देखि भित्र उंचे मसहा बनकट्टी हलबलडोली हुंदै जाफर पुर्वा तथा शाहपुर्वा देखि गडारियनपुर्वा र बेतहनी चौक देखि बेतहनी गांउ हुंदै पिप्रहवा सम्म छिट्टै निर्माण प्रक्रिया शुरु हुने जानकारी पूर्वमन्त्री राइले दिनुभएको छ । यी उपरोक्त बिकास निर्माणका अलावा  सुरक्षित आवास जनता आवास बाढीपिडितका लागि  सेल्टर लगायतका त्यस्ता कैयों योजनाहरु संचालन भई सम्पन्न भईसकेका तथा केही टेण्डर केही निर्माण  प्रक्रियामा रहेका छन् ।

यो दुई आर्थिक वर्षमा करिव डेढ करोड रकम फ्रिज भएको छ ।

विभिन्न मठमन्दिर, विद्यालय, मदरसा र मजारको रकम फ्रिज भएको हो। मजार मदरसा सौन्दर्य करणका लागि विनियोजन भएको रकम फ्रिज भएको अध्यक्ष यादवको भनाइ छ । बालसुधार गृहको ५० लाख रकम पनि फ्रिज भएको छ । कोभिड महामारीमा पनि पूर्वमन्त्री राइले ठूलो सहयोग गरेका छन् । उनले कोभिड रोकथाम, नियन्त्रण र निदानका लागि व्यक्तिगत पहलमा ६० लाख रुपैयाँ खर्चिएका छन् । राहत वितरणदेखि सुरक्षाकर्मी, स्वास्थ्यकर्मीलाई स्वास्थ्य सुरक्षाका थुप्रै सामाग्री प्रदान गरेका छन्।

प्रतिक्रिया