पाठेघर तथा आँखाको मोती बिन्दुको नि:शुल्क स्वास्थ्य शिविरमा १ हजार २ सय ९८ जनाले सेवा लिए


बाँकेको जानकी गाऊपालिकाको मुख्य आयोजना, HCRC अस्पताल  र भिजन आँखा अस्पतालको सह आयोजना तथा प्राविधिक सहयोगमा हिजो र आज ( पौष २४ र २५ गते ) निशुल्क स्वास्थ्य  शिविर सम्पन्न भएको छ, शिविर सञ्चालनको क्रममा रोटरी क्लब अफ सेन्ट्रल बाँकेको सहकार्य रहेको थियो ।

लुम्बिनी प्रदेश सरकारको शसर्त अनुदानमा संचालित ५० वर्ष उमेर माथिका महिलाको पाठेघर रोग तथा मोती बिन्दुको निःशुल्क शल्यक्रिया शिविरको संयोजन तरुण गौतमले गर्नु भएको शिविरको उद्घाटनमा गाऊपालिका प्रमुख रामनिवास यादब,उपप्रमुख भुमिसरा धिताल प्रमुख प्रशासकिय अधिकृत बस बहादुर राना,डा कुमार शान शाह लगाएतको उपस्थिति रहेको थियो ।

जानकी गाऊपालिकाको ६ वटै वडामा रहेको स्वास्थ्य सस्थाहरुमा सञ्चालन गरिएको नि:शुल्क शिविरमा गाऊ– पालिकामा बसोबास गर्ने १ हजार २ सय ९८ जना बिरामीहरुले सेवा लिएका छन् । शिविरमा भिजन आँखा अस्पतालबाट मोतिबिन्दुको निशुल्क शल्यक्रियाको लागि  पहिचान तथा आँखा सम्बन्धि थप चेकजाँच सहित औषधी बितरण गरिएकोछ ।

शिविरमा समस्या देखिएको बिरामीहरुको थप शल्यक्रिया गर्नु पर्ने भएको अवस्थामा भिजन आँखा अस्पतालमा ५० वर्ष माथिका ६० जना महिलाहरुको शल्यक्रिया नि:शुल्क गरिने र अन्यको हकमा वडा तथा गाऊपालिकाको सिफारिस सहित शिविरको पर्चा लिएर आएमा ५०% (पचास प्रतिशत) छुटको ब्याबस्था गरिएको कुरा अस्पतालका प्रमुख नेत्ररोग बिशेषज्ञ डा. प्रचण्ड गौतमले बताउनु भएकोछ ।

उक्त शिविरमा भेरी अस्पतालका स्त्रीरोग विशेषज्ञ तथा HCRC अस्पतालका सस्थापक डा. कुमार शान शाह र शुशिल कोईराला प्रखर क्यान्सर अस्पताल खजुरामा कार्यरत स्त्रीरोग विषेशज्ञ डा. मञ्जु बि.सी शाह सहितको स्वास्थ्यकर्मीको समुहले महिलाको पाठेघरको मुखको क्यान्सर तथा पाठेघर सम्बन्धि रोगको चेकजाँच गरि नि:शुल्क औषधि बितरण गरिएको थियो । शुक्रबार र शनिबार दुईदिन सम्म सञ्चालन गरिएको शिविरमा गाऊपालिकाको ३ जना महिलामा पाठेघरको मुखमा क्यान्सरहुन पुर्वको चेकजाँच VIA परिक्षणमा पोजेटिभ भेटिएको छ भने ११ जना महिलाहरुको पाठेघर खसेको समस्या पहिचान भएकोछ ।

शिविरमा पोजेटिभ देखिएका बिरामीहरु लाई पुर्न जाँचको लागि HCRC अस्पतालमा निशुल्क जाँचको ब्यबस्था गरेकोछ । पाठेघर खसेका ( आङ खसेका ) बिरामीहरुको अप्रेशनको लागि सरकारबाट निशुल्क शिबिर हुने अवस्थामा अस्पतालले समन्वयन गरि अप्रेशन गरिने कुरा अस्पतालका संस्थापक डा.कुमार शान शाहले बताउनु भएकोछ ।

शिविरमा स्वास्थ्य परीक्षणको लागि आएको सम्पूर्ण बिरामीलाई रोटरी क्लब अफ सेन्ट्रल बाँकेको तर्फबाट रोटरीको लोगो अँकित एन–९५, माक्स बितरण गरिएको कुरा HCRC अस्पतालका व्यवस्थापक रमेश सिटौलाले जानकारी गराउनु भयो ।

प्रतिक्रिया