पल शाह अभिनित म्युजिक भिडियो “लाइदिम कि मोहनी” युट्युब ट्रेन्डिङमा

नेपालगन्ज : पछिल्लो समय म्युजिक भिडियोमा अत्याधिक व्यस्त नायक पल शाह अभिनित एक लोक दोहोरी गीत यतिबेला युट्युबको ट्रेन्डिङमा छ।

केही दिन अगाडि “सुर्य खड्का” युटुब च्यानलबाट रिलिज भएको “लाइदिम कि मोहनी” बोलको म्युजिक भिडियो यो समाचार तयार पार्दासम्म युट्युबको ट्रेन्डिङ ६ मा आइपुगेको छ। भिडियोमा नायक पल शाह र रियाशा दाहालको अभिनय एवम् डान्स रहेको छ।

भिडियोलाई काजिश श्रेष्ठले निर्देशन एवम् कोरियोग्राफी गरेका हुन् । अर्जुन तिवारीले खिचेको भिडियोमा दिपक विष्टको सम्पादन रहेको छ।

मेलोडियस शैलीमा बनेको गीतमा ईश्वर थापा र देवी घर्तीको सुमधुर आवाज रहेको छ। गीतमा सुर्य खड्काको संगीत र शिव अखेलीको शब्द रहेको छ। हेर्नुस् भिडियो…

Loading…

प्रतिक्रिया