नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन नेपालगन्ज मेडिकल कलेजको होली पर्वको शुभकामना आदानप्रदान कार्यक्रम

नेपालगन्ज : स्वास्थ्य क्षेत्रको सरोकार, सामाजिक सुरक्षा र मर्यादित रोजगार भन्ने मुल नाराका साथ नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन नेपालगन्ज मेडिकल कलेजको आयोजनामा होली पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपालगन्ज मेडिकल कलेजमा रहेको प्रतिष्ठान स्तरको नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी  युनियनले होली पर्वको अवसरमा अग्रिम शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । कार्यक्रममा मेडिकल कलेजमा कार्यरत रहेका कर्मचारीको उपस्थित रहेको थियोे ।
शुभकामना कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिफन्ट बरिस्ठ युनियन सञ्जालका केन्द्रीय सदस्य केशब गिरीले ट्रेड युनियनहरुले श्रमजीवी श्रमिकका समस्याहरुलाई उठान गरि हल गर्नुपर्नेमा जोड दिदै मेडिकल कलेजमा रहेका तिनवटा युनियनहरु मर्ज भएर एउटामात्र युनियन गराउनुपर्ने धारणा राख्नु भएको थियोे । त्यसैगरी कर्मचारी संघका केन्द्रीय बरिस्ठ उपसभापति पुर्ण कुमार सिंह ठकुरीले पनि धेरै युनियन हुदा कर्मचारीले दु:ख पाएको, व्यवस्थापन पक्षले मागहरु सुनुवाइ नगरेको हुदा एउटै युनियन बनाउन सबैले पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन कि लुम्बिनी प्रदेश उपाध्यक्ष तथा कर्मचारी संगठनकी महासचिव  रत्ना गिरीले युनियनले कार्यक्रम गर्दा कर्मचारीको न्यून उपस्थिति र व्यवस्थापन पक्षसंग २०७४ सालमा मागपत्र पेश गरेको अहिलेसम्म पनि टुंगोमा पुर्याउनु नसक्नु कमजोरी भएको हुदा अब सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।

लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि- कर्मचारी संगठनका केन्द्रीय उपसभापति मुस्लिम खानले उक्त कार्यक्रममा बोल्दै मेडिकल कलेजमा २०६१ सालमा युनियन स्थापना पश्चात् विभिन्न उतारचढाव आइनै रहेको र एउटामात्र युनियन हुदा जति व्यवस्थापन पक्षसँग सामुहिक सौदाबाजिमा सफलता प्राप्त गरिन्थ्यो त्यो धेरै युनियन हुदा प्राप्त नगरेको स्वीकार गर्दै युनियन एक गराउनमा तयार रहेको बताउनुभयो । जिफन्ट नेपालगन्ज नगर अध्यक्ष कृष्ण बहादुर बुढाले पनि कर्मचारीहरुका मागलाई सम्बोधन गर्न व्यवस्थापन पक्षले आलटाल गर्ने गरेको अवस्थामा सबै एकजुट भएर लड्नु पर्नेमा जोड दिनुभएको थियोे ।

उक्त कार्यक्रममा नेपालगन्ज मेडिकल कलेजका प्रशासकीय अधिकृत कुमार अधिकारी, बरिस्ठ लेखा अधिकृत जयेश जङ्ग शाह, कर्मचारी संगठनका बिभागीय अध्यक्ष अशोक कुमार दिक्षीत, जिफन्ट नगर सदस्य दिलसरा वली, नर्सिङ अधिकृतहरु, विभिन्न बिभागमा कार्यरत कर्मचारीहरुको उपस्थित रहेको थियोे ।

होली पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा स्वागत मन्तव्य कर्मचारी संगठन कि केन्द्रीय उपसभापति तथा टिभी कार्यक्रम प्रस्तोता  सुमन गिरीले गर्नु भएको थियो भने कार्यक्रमको अध्यक्षता स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका अध्यक्ष मुनिर खानले गरेको कार्यक्रम सञ्चालन सचिव अनिता थापाले गर्नु भएको थियोे ।

प्रतिक्रिया