नेपाल स्काउट नवनियुक्त कर्णाली प्रदेश स्काउट तदर्थ समितिका संयोजक तथा सदस्यहरुको दिक्षान्त एर्व पद तथा गोपनियताको सपथ ग्रहण ।

जयपती ढकाल सुर्खेत ।

नेपाल स्काउट नवनियुक्त कर्णाली प्रदेश स्काउट तदर्थ समितिका संयोजक तथा सदस्यहरुको दिक्षान्त एर्व पद तथा गोपनियताको सपथ ग्रहण समारोह सम्पन्न भएको छ।

कर्णाली प्रदेशका माननीय मुख्यमन्त्री एवं प्रदेश स्काउट संरक्षक श्री महेन्द्र बहादुर शाही तथा माननीय सामाजिक विकास मन्त्री एवं प्रदेश प्रमुख स्काउट श्री दल रावलको समुपस्थितिमा नवनियुक्त कर्णाली प्रदेश स्काउट तदर्थ समितिका संयोजक तथा सदस्यहरूको दीक्षान्त एवं पद तथा गोपनीयताको सपथ ग्रहण समारोह भव्यतापुर्वक  सम्मपन्न भएको हो ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशका हरेक स्थानीय तह स्काउटको तालिम पुर्‍याउने बताएका छन्  शनिबार वीरेन्द्रनगरमा नवनियुक्त कर्णाली प्रदेश स्काउट तदर्थ समितिका संयोजक तथा सदस्यहरुको दीक्षान्त एवं पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रममा शुभकामना दिँदै मुख्यमन्त्री शाहीले नकारात्मक चिन्तनलाई सृजनात्मक बनाउँदै प्रदेशका ७९ वटै स्थानीय तहसँगै विद्यालयमा स्काउटको विस्तार गरिने कर्णाली प्रदेश स्काउट संयोजक कमल बोहराले जानकारी दिए ।

स्काउटका गतिविधि मार्फत प्रदेशमा विभिन्न रचनात्मक तथा सृजनात्मक कार्यमा योगदान पुर्‍याईने छ,’ उनले भने, ‘स्काउट तालिमका लागि आउने वर्षदेखि बजेट विनियोजन गर्दै स्यवमसेवी कार्यमा स्काउटसंग सहकार्य गरिने छ ।’ उनले युवाहरुको व्यक्तित्व विकासका लागि स्काउट अनिवार्य रहेको बताए ।

प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले नेपाल स्काउटको भूमिका शुरुदेखि नै महत्वपूर्ण रहेकाले प्रदेशभर विस्तारका लागि काम गरिने जनाए  उनले बालबालिका तथा युवालाई स्काउट मार्फत सहभागी गराई उनको शारीरिक, मानसिक एवम् बौद्धिक विकास गरी अनुशासित तथा स्वावलम्बी बनाईने बताए । युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया देश विकासमा युवा शक्ति परिचालन गराउनस्काउटलाई विस्तार गर्ने अभियानमा जुड्न जोड दिएको संयोजक बोहराले  जनाए ।

उनले मुलुकमा थुपै्र सामाजिक संघ, संस्था सञ्चालनमा रहेपनि स्काउट काम अन्यको भन्दा फरक र प्रशंसायोग्य रहेको बताए । तदर्थ कर्णाली प्रदेश स्काउटका नवनियुक्त सदस्यहरुको दीक्षान्त एवं पद तथा गोपनीयताको सपथ ग्रहण कार्यक्रममा मुख्यमन्त्री शाहीलाई संरक्षकको भूमिका प्रदान गरिएको छ । त्यस्तै प्रदेशका सामाजिक विकास मन्त्री रावललाई स्काउटको प्रदेश प्रमुखको जिम्मेवारी दिईएको संयोजक बोहराले जानकारी दिएका छन ।

प्रदेश राजधानी सूर्खेतमा आयोजित समारोहमा नेपाल स्काउटका राष्ट्रीय संयोजक श्री लोक बहादुर भण्डारीले प्रदेश स्काउट संरक्षक माननीय मुख्य मन्त्री तथा प्रदेश प्रमुख स्काउटलाई स्काउटको दीक्षा प्रदान गर्नु भएको थियो भने नवनियुक्त प्रदेश स्काउट सल्लाहकारका साथै प्रदेश स्काउटका संयोजक तथा सदस्यहरूलाई प्रमुख स्काउटले स्काउट दीक्षा संगै पद तथा गोपनीयताको सपथ गराउनु भएको थियो !

माननीय प्रमुख स्काउट दल रावलले कर्णाली प्रदेशमा अब स्काउट गाऊँ गाऊँ सम्म पुग्ने कुरामा आफू विस्वस्त रहेको  र प्रदेशका ७९ वटै पालिकामा स्काउट बिस्तार गर्न निर्देशन दिनु भयो ।

कार्यक्रममा आफ्नो निर्देशनात्मक मन्तव्य राख्दै माननीय मुख्यमन्त्री एवं प्रदेश स्काउट संरक्षक श्री महेन्द्र बहादुर शाहीले राष्ट्रीयता बोलीमा होईन व्यवहारमा हनुपर्ने र त्यस्तो व्यवहार स्काउटले मात्र देखाउन सक्ने बताउनु भयो साथै नेपाल स्काउट र नवगठित प्रदेश स्काउट समितिले प्रदेश सरकार सँग नियमित सरसल्लाह गरेर अघी बढनुपर्ने कूरामा जोड दिनु भयो । मन्तव्यकै क्रममा माननीय मुख्य मन्त्रिले प्रदेश स्काउट संचालनको लागी यस आर्थिक आबश्यक बजेटको समेत व्यवस्था गर्ने जानकारी गराउनु भयो !

नेपाल स्काउटले युवा स्काउटर कमल बोहोराको संयोजकत्वमा गत कार्तिक ०६ गते ११ सदस्यिय कर्णाली प्रदेश स्काउट तदर्थ समिति गठन गरेको थियो ।

प्रतिक्रिया