नेपाल कम्युनिष्ट पार्टी(नेकपा) हुम्लाको नयाँ कार्यालय उद्घाटन

जयपति ढकाल हुम्ला

हुम्ला जिल्लामा नेपाल कम्युनिष्ट पार्टीको नयाँ कार्यालय भब्यताका साथ  उद्घाटन गरिएको छ ।

प्रतिनिधि सभा सदस्य संसद छक्क बहादुर लामाले पानसमा बत्ति बालेर नेपाल कम्युनिष्ट पार्टी हुम्लाका इन्चार्ज बिजय भण्डारीले झन्डा फराएर र  ब्यानर बोर्ड खोलेर सो कार्यक्रम सुरुवात गरिएको  हो ।

संसद छक्क बहादुर लामाले कार्यालयलाई  पाठशालाकोरुप लिने हामीले केन्द्रतिरका कुनै गुटउपगुट भन्दा पनि सुन्ने कुरा सुनेर विकास तर्फ लाग्ने ७७ जिल्लाकै नमुना जिल्ला हुम्ला पार्टी तय गर्ने विश्वास लिएको बताए ।

खोला समुन्द्रले छाल उमंग मचाए पनि आफ्नै गतिमा सफा हुनेमा बिश्वस्त भएको र विशाल पार्टी भइसकेपछी कुराहरु नमिल्दो भएपनी आफ्नै गतिमा काम गर्नेमा कुनै दुबिधा नभएको र नहुनेमा भर्पुर बिश्वास लिन इन्चार्ज बिजय भण्डारीले आग्रह गरे ।

नँया कार्यालय उद्घाटन तथा वडा दशैको शुभकामना आदनप्रदानमा कार्यक्रममा बोल्दै कोरोना भाइरसलाई पराष्त गर्न सक्ने शक्ति इश्वरले प्रदान गरुन् भन्ने  शुभकामना दिदै पार्टीको कार्यालय उपलब्ध गराउने संसद छक्क बहादुर लामालाइ बिशेष धन्यवाद दिदै नेकपा हुम्ला जिल्ला कमिटी अध्यक्ष लालकेश जैसीले खुसी ब्यक्त गरे ।

उक्त कार्यक्रममा सभापति लालकेश जैसी, प्रमुख अतिथि बिजय भण्डारी ,विशिष्ट अतिथी छक्क बहादुर लामा ,प्रदेश कमिटी सदस्य लोक बहादुर हमाल ,वरिष्ठ नेता कार्चेन लामा प्रदेश कमिटी सदस्य जुनकित लामा सहिद स्मृति प्रतिठान चन्द्र  सिंह कार्की समन्वय प्रमुख दान बहादुर रावत ,गाँउपालिका अध्यक्ष ,सहिद परिवार,पत्र विभिन्न संघ संगठन, पत्रकार लगायतका को उपस्थिती रहेको थियो ।

प्रतिक्रिया