नेपालमा कोरोना संक्रमित कारण मृत्युु हुनेको सङ्ख्या १ हजार बढी

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस ( कोभिड–१९) बाट थप २० जनाको मृत्यु भएको छ । योसँगै नेपाल कोभिड–१९ बाट मृत्यु हुनेको संख्या १ हजार ४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार १ सय १४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको  छ । देशका विभिन्न प्रयोगशालामा११ हजार १६६ जनाको पीसीआर परीक्षण गर्दा १ हजार २ सय ४७ जना महिला र १ हजार ८ सय ६७ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या १ लाख ७८ हजार ६ सय १४ पुगेको छ । 

प्रतिक्रिया