नेपालमा कोभिड १९ बाट मृत्यु हुनेको सङ्ख्या ५७९ जना पुग्यो, आज मात्रै १६ जनाले ज्यान गुमाए

काठमाडौं उपत्यकामा  ६ सहित कोरोनाभाइरसबाट थप १६ जनाको मृत्यु भएको छ । काठमाडौंका मृतकमा ४ जना पुरुष रहेका छन् भने २ महिला रहेका छन् ।

यसैगरी ललितपुरमा १ जना पुरुषको मृत्यु हुँदा दाङ, सिरहा र रौतहटमा पनि १/१ महिलाको मृत्यु भएको छ । 

यसैगरी मोङमा थप २ पुरुषको पनि मृत्यु भएको छ भने चितवन, रुपन्देही र नवलपरासी पनि १/१ जना पुरुषको मृत्यु भएको छ । 

आजै बाँकेको भेरी अस्पतालमा दाङ घर भएकी एकजना ३५ वर्षीय महिलाको पनि मृत्यु भएको जिल्ला प्रशासन प्रमुख राम बहादुर कुरुमबाङ्गले बताउनुभयो । यसको स्वास्थ्य मन्त्रालयबाट औपचारिक पुष्टि हुन भने बाँकी रहेको छ ।

स्वास्थय मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ५ महिला र १० पुरुष गरी थप १५ जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या हालसम्म ५७८ पुगेको जानकारी दिए । दाङकी महिला सहित मृत्यु हुनेको सङ्ख्या ५७९ जना पुगेको छ ।

प्रतिक्रिया