नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा कार्यरत ४७ वर्षीय पुरुषको कोरानाका कारणबाट मृत्यु

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नं ९ निवासी ४७ वर्षीय पुरुष कोरोनाका कारण आज बिहान मृत्यु भएको छ ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा लामो समय देखि कार्यरत रहेका निज भदौ ३१ गते स्वास्थ्यमा समस्या भएपछि शिक्षण अस्पताल कोहलपुरको आइसोलेसनमा भर्ना भएका थिए ।

उपचारमा संलग्न चिकित्सकहरुका अनुसार नीजको दुवै फोक्सोमा निमोनिया भएको थियोे । नीजलाई कोभिड १९ का बिरामीहरुलाई चलाउने प्लाज्मा थेरापी, रेडमिसिभर लगायतका उपचार पद्धति अपनाईएको थियोे ।

नीजको उपचारका कै क्रममै आज बिहान ५ बजे मृत्यु भएको अस्पताल स्रोतले बताएको छ ।

प्रतिक्रिया