नेपालगन्ज मेडिकल कलेजमा कोभिड १९ पिसिआर जाँच सुरु

कोहलपुर: मध्य तथा सूदुर पश्चिमाञ्चल क्षेत्रको बिरामीको रिफरल सेन्टरको रुपमा रहेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको पिसिआर प्रयोगशालामा आज देखि रु २ हजारमा कोभिड १९ सम्बन्धि जाँच गर्न सकिने भएको छ ।

उक्ति अस्पतालका सहायक निर्देशक डा- नितेश कुमार कानोडियाले आज सुचना जारी गर्दै मेडिकल कलेजका दुबै अस्पतालमा स्वाव कलेक्सन गरिने र रिपोर्ट एकैदिन अर्थात २४ घण्टा भित्रमा दिने बताइएको छ ।

दुवै अस्पतालमा स्वाव प्रत्येक दिन बिहान ७ बजे देखि ८ बजे सम्म र दिउँसो ३ बजे देखि ४ बजे सम्म कलेक्सन गरिने भएको छ । कसैलाई पिसिआर जाँच गराउनु परेमा निम्न मोबाइल नम्बरमा सम्पर्क गर्न सकिने छ ।

कोहलपुर अस्पतालका लागि ९८५८०२५२१९ र नेपालगन्जका लागि ९८५८०२६४५८ फोन गरेर जानकारी लिन सकिने सुचनामा जनाइएको छ ।
हेर्नुहोस् सुचना :

Loading…

प्रतिक्रिया