नेपालगन्ज जेसिजको लोम अफिसर तालीम सम्पन्न

नेपालगन्ज : नेपालगंज जेसिजको आयोजना लोम अफिसर तालीम सप्पन्न भएको छ ।
तालिममा नेपालगन्ज जेसिज, जुनियर जेसिज र  कोहलपुर जेसिज,  कोहलपुर जुनियर जेसिज वोर्डका पदाधिकारीहरुको सक्रिय सहभागीता रहेको जेसिस वर्ष २०२१ का अध्यक्ष रेशम चापागाईंले बताए ।

कार्यक्रमको अध्यक्षता जेसिज बर्ष २०२१का रेशम चापागाईं विशिष्ट अतिथी जेसिजको क्षेत्र “घ” का तालिम संयोजक जेसि नवराज उपाध्याय र प्रमुख अतिथी राष्ट्रिय प्रशिक्षक सिनेटर जेसि रविन्द्र कर्ण रहेका थिए ।

कार्यक्रममा नेपालगन्ज जेसिजका रेशम चापागाईं र कोहलपुर जेसिजका राम प्रसाद पाण्डेले बर्ष भरी युवाको नेतृत्व विकास ब्यक्तित्व विकास जस्ता सिपमुलक तालिम दिने  नेतृत्व बिकासको जरुरी र भएको बताउनु भयो ।

जेसिजले नेतृत्व विकास र सबै १८-४० वर्ष सम्मका युवालाई आत्मनिर्भरताको तालिम तथा विभिन्न कार्यक्रम गर्दै आइरहेको र अझै दक्ष जनशक्ति उत्पादन गर्ने नेपालगन्ज जेसिज २०२१ का प्रथम उपाध्यक्ष प्रकाश कुँवरले जानकारी दिए ।

प्रतिक्रिया