नेपालगन्ज उपमहानगरपालिका नेकपा नगर कमिटीद्वारा स्वास्थ्य सामाग्री सहयोग

नेपालगञ्ज-    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेपालगन्ज उप–महानगरपालिका नगर  कमिटीले भेरी अस्पताल कोभिड-१९ आइसोलेसन केन्द्रलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

कमिटीद्वारा स्वासप्रस्वास नाप्ने  ४१ वटा पल्स अक्सिमिटर भेरीलाई प्रदान गरेको हो ।
नेकपा नेपालगन्ज नगर कमिटी अध्यक्ष डिल्ली प्रसाद बरालको अध्यक्षतामा भएको कार्यक्रममा नगर कमिटी इन्चार्ज अक्कल बहादुर बम,सचिव दत्तप्रदाद आचार्य लगायतका नगर कमिटी सदस्यहरुद्वारा भेरी अस्पताल विकास समिति अध्यक्ष प्रमोद धिताल, सदस्य कृष्णप्रसाद श्रेष्ठ , भेरी अस्पतालका मेसु डा. प्रकाश थापा ,भेरी अस्पताल कोभिड–१९ आइसोलेसन केन्द्रका प्रमुख डा. श्यामसुन्दर यादव ,नर्सिङ इन्चार्ज दुर्गा लक्ष्मी श्रेष्ठ लगायतको उपस्थितिमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको  नगर सचिव आचार्यले बताए ।

 नेकपा नगरकमिटीका सदस्यहरु तथा  शुभ चिन्तकहरुले पैसा उठाएर सहयोग गरेको अध्यक्ष बरालले बताए ।भेरी  अस्पताल विकास समिति अध्यक्ष प्रमोद धितालले भेरी अस्पताललाई देशकै नमुना सरकारी अस्पताल बनाउन आफ्नो टीम लागिपरेको बताए । त्यसैगरी समितिका सदस्य कृष्णप्रसाद श्रेषठले अस्पताललाई सुविधा सम्पन्न र स्तरीय बनाउन लागिएको बताउनुभयोे । 

अस्पतालका मे-सु थापा, आइसोलेसन केन्द्रका प्रमुख यादवले सहयोगी सबैलाई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया