निमोनिया चिसो वा अन्य के कारणले हुन्छ त ? यसबाट कसरी बच्नेे ?


नर प्रसाद जैसी

निमोनिया रोग भनेको फोक्सोमा हुने संक्रमण हो | आँखाले नदेखिने किटाणुबाट अचानक श्वासप्रश्वास प्रतिक्रियासँग सम्बन्धित अङ्गहरुमा संक्रमण हुन्छ र निमोनिया लाग्छ |

समाजमा एउटा भ्रम छ चिसोकै कारणले निमोनिया हुन्छ भन्ने तर त्यसो होइन त्यसो हुन्थ्यो भने त संसारका चिसो हुने देशहरुमा भकाभक निमोनिया हुन्थ्यो | त्यसैले चिसोकै कारणले निमोनिया हुने होइन कि फोक्सोमा जुन अक्सिजन भेन्ट्रिलेर हुनु पर्ने हो त्यसको मात्रा कम भयो भने हुन्छ | निमोनिया प्रायजसो बालबालिका र बुढाबुढीलाई हुन्छ किनकी यिनिहरुमा रोगसँग लड्न सक्ने क्षमता कम हुन्छ | यस्ता व्यक्तिलाई भएको निमोनिया खतरनाक हुन्छ | निमोनिया धेरैजसो पहिले देखी नै अन्य रोगहरुले सताएको, अलि कमजोर भएको व्यक्ति वा अन्य वातावरण प्रदुषण भएको ठाँउको व्यक्ति लाई वढी देखा पर्न सक्छ |

लक्षण :-

  • रुघाखोकी लाग्ने
  • नाकबाट सिगान बग्ने
  • ज्वरो आउने
  • श्वास फेर्न गाह्रो हुने वा छिटोछिटो श्वास चल्ने
  • कोखा हान्ने
  • बच्चाले खानेकुरा नखाने वा खुवाउदा बढी रुने
  • श्वास फेर्दा घ्यार-घ्यार आवाज आउने

जाडोमा निमोनिया किन बढी देखिन्छ?

=) जाडो मौसममा सुख्खा भएर धुलो बढी उड्ने गर्छ | त्यसको असर श्वासप्रश्वासबाट फोक्सोमा पर्छ र जाडोमा आगो बढी ताप्ने गर्दा अक्सिजनको मात्रा कम र कार्बनडाईअक्साइडको मात्रा बढी हुन्छ | त्यसैले जाडो मौसममा निमोनिया बढी देखिन्छ |

कसरी बच्ने वा उपचार गर्ने :-

  • बच्चालाई न्यानो पारी राख्ने तर नगुस्मुस्याउने
  • बच्चालाई पटक पटक दुध खुवाई राख्ने
  • सफा कपडा नुन पानीमा चोपेर नाक सफा गर्ने
  • खोकी बढी लागेमा पानी उमालेर पिउने
  • झोलिलो खाने कुरा प्रशस्त मात्रामा खाने
  • प्रदुषण भएको ठाउँमा कम मात्रामा जाने
  • सरसफाई मा अलि बढि ध्यान केन्द्रित गर्ने
  • धुम्रपान नगर्ने
  • चिकित्सक को सल्लाह सुझाव लिई राख्ने

आफ्नो जीवनशैलीलाई सुधारेर स्वास्थ्य सम्बन्धी हरेक कुरा ध्यानमा राखी रोग लाग्नु भन्दा लाग्ने नदिने तर्फ लाग्ने कोशिश गरौ | हरेक कुरामा अवगत भयौ भने यदि पूर्ण रुपले नभए पनि केही सुधार पक्कै हुने छौ र सबैभन्दा आफ्नो शरिरको रोग प्रतिरोधात्मक क्षमता को विकास गर्ने प्रयास जारी राखौ | यसले गर्दा हाम्रो स्वास्थ्य लाई निकै लाभ हुने छ |

लेखक सामान्य चिकित्सा दोस्रो वर्षमा नेपालगन्ज टेक्निकल कलेजमा अध्ययनरत विद्यार्थी हुन् ।

प्रतिक्रिया