नायिका खड्का बैबाहिक जीवनमा बाँधिदै

नेपाली चलचित्रकी नायिका श्वेता खड्का बैबाहिक जीवनमा बाँधिने भएकी छिन् । श्वेताले मंसिर २२ गते बिहे गर्ने पक्का भएको छ । बिहेका लागि निम्तो कार्ड समेत नजिकका आफन्त र साथीभाइरुलाई बिहेको कार्ड बाडिएको वुझिएको छ ।

नायिका खड्काले धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह गर्न लागेकी हुन् । स्वेताको बिहे गोकर्ण फरेष्ट रिसोर्टमा हुने बुझिएको छ । विजयेन्द्र र स्वेता केही समयदेखि प्रेम सम्बन्धमा रहेको वुझिएको छ ।  स्वेताको बिहेको चर्चा नेपाली चलचित्र क्षेत्रमा चलेको केही समय भयो । मंसिर ५ गते नै स्वेताले बिहे गर्न लागेको चर्चा नचलेको होइन । तर उक्त बेला आफूले बिहे गर्ने खबरमा सत्यता नभएको उनले बताएकी थिइन् ।

प्रतिक्रिया