नव नियुक्त क्याम्पस प्रमुखलाई सम्मान गर्दै आंशिक प्राध्यापकहरुले बुझाए ज्ञापनपत्र


नेपालगन्ज -त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा भर्खरै नव नियुक्त हुनु भएको क्याम्पस प्रमुख लालमणि आचार्यलाई सम्मान गर्दै आंशिक प्राध्यापक संघ महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज इकाई कमिटी का सदस्यहरुले ज्ञापनपत्र  बुझाए छन्  ।

लामो समयदेखि क्याम्पसमा पठनपाठन गराउदै आएका सम्पूर्ण आंशिक प्राध्यपकहरूलाई करार गरियोस भनि क्याम्पस प्रमुख आचार्यलाई  क्याम्पस परिसरमा ज्ञापनपत्र बुझाएको प्राध्यापक मधुसूदन अधिकारीले बताए ।

ज्ञापनपत्र बुझ्दै  क्याम्पस प्रमुख आचार्यले यो समस्या देशभरिका आंशिक क्याम्पसहरुमा भएको भन्दै आफू सकारात्मक भएको र विश्व विद्यालयसंग जायज मागहरुका लागि पहलकदमी रहने बताएको प्राध्यापक बिनोद न्यौपानेले बताए । 

Loading…

प्रतिक्रिया