नक्कली परीक्षार्थी पक्राउ

सुर्खेत – सुर्खेतमा अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा २ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्दिया ठाकुरद्वार नगरपालिका-३ बस्ने निशा रावत र दैलेख भगवती माई गाउँपालिका-३ बस्ने २० वर्षीय सुरेन्द्र बिक रहेका छन् । 

उनीहरुले वीरेन्द्रनगर नगरपालिका-७ स्थित लोक सेवा आयोगको कार्यालय सुर्खेतबाट लिएको प्राविधिक प्रहरी जवानतर्फको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिएका थिए । उनीहरुलाई परीक्षा दिइरहेको अवस्थामा आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

प्रहरीका अनुसार निशाले आफ्नै दाई कृष्ण रावतको नामबाट र  सुरेन्द्रले जाजरकोट छेडागाड नगरपालिका-२ बस्ने धन बहादुर रावतको नामबाट परीक्षा दिईरहेका थिए । यस सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया