दाङ घर भएका ५६ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा बाँकेमा मृत्यु

नेपालगन्ज : कोरोना भाइरस  संक्रमणबाट बाँकेमा आज  एकजना पुरुषको मृत्यु भएकोछ । यो संगै बाँकेमा कोभिड १९ बाट मृत्यु हुनेको सङ्ख्या बाहिरी जिल्लाबाट उपचार गर्न आएकाहरुको सङ्ख्या  ४१ जना पुगेको छ भने बाँके जिल्लाका मात्रै ३७ जनाले ज्यान गुमाइ सकेका छन् ।

तुल्सीपुर उपमहानगरपालिका  वडा नं ६ निवासी ५६  वर्षिय ती पुरुषलाई कार्तिक २५ गते  कोभिड १९ पोजेटिभ देखिएपछि होम आइसोलेसनमा बसेका थिए । स्वास्थ्यमा समस्या भएपछि कार्तिक  २७  गते नेपालगन्ज मेडिकल कलेजमा भर्ना गरिएको थियोे ।  दाङ

अस्पताल   स्रोतका अनुसार नीजलाई कडा खालको कोभिड १९ का साथै निजलाई मधुमेह र  मृगौला सम्बन्धि रोग रहेको  परिवारले  जनाइएको छ ।

उपचारमा संलग्न चिकित्सकका अनुसार बिरामीलाई अक्सिजन थेरापी लगायतका  निजलाई  कोभिडको उपचारमा गर्नुपर्ने सम्पूर्ण विधिहरु अपनाएर उपचार गरिएको बताएका छन् ।

क‍ोरोना  संक्रमित ती पुरुषको उपचारको क्रममा  मंसिर ०४ गते बिहान  मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ्गबाट अहिले शब व्यवस्थापन गर्ने कामका लागि परिवाहरुसंग समन्वय  भइरहेको बताएका छन् ।

प्रतिक्रिया