दाङका १५ वर्षीष कोरोना संक्रमित पुरुषको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु

नेपालगन्ज : कोरोना भाइरस  संक्रमणबाट बाँकेमा फेरी एकजना १५ वर्षीय पुरुषको मृत्यु भएकोछ । यो संगै बाँकेमा बाहिरी जिल्लाका कोभिड १९ बाट मृत्यु हुनेको सङ्ख्या १२ जना पुगेको छ ।

मृतक दाङ घोराही उपमहानगरपालिका  वडा नं ३ गोग्ली  निवासी  १५ वर्षिय पुरुष रहेका छन् ।  स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा असोज १९ गते भर्ना गरिएको थियोे  ।

नीजलाई कोभिड १९ को शंका मानी असोज  १९ गते बिहान स्वाव संकलन गरिएको र सोही दिन साझ  रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ ।

उपचारमा संलग्न चिकित्सक का अनुसार नीजको फोक्सोमा निमोनिया रहेको , सेफ्टीशक समस्या रहेको थियोे  ।   नीज बिरामीलाई प्लाज्मा थेरापी लगायत कोभिडमा गर्नुपर्ने सबै किसिमको उपचार पद्धति गरिएको  उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

क‍ोरोना  संक्रमित ती पुरुषको उपचारको क्रममा आज राति  ८:३५  बजे मृत्यु भएको  अस्पताल स्रोतले पुष्टि गरेको छ ।


प्रतिक्रिया