त्रिवि मध्यपश्चिमाञ्चल क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयमा सह परीक्षा नियन्त्रकमा गौतम नियुक्त

नेपालगन्ज –  त्रिभुवन विश्वविद्यालय अन्तर्गतको आङ्गिक क्याम्पस महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा उप प्राध्यापक पदमा अध्यापनरत रहेका सुमन गौतम त्रिभुवन विश्वविद्यालय मध्यपश्चिमान्चल क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय नेपालगन्जको सह परीक्षा नियन्त्रक पदमा नियुक्त भएका छन् ।

गौतम लामो समयदेखि महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा उप प्राध्यापक पदमा रही पठनपाठन गराउदै आएका छन् । त्रिविले गौतमलाई सह परीक्षा नियन्त्रक पदमा आज नियुक्ति गरेको हो ।

Loading…

प्रतिक्रिया