त्रिविले भदौमा लिने भनेको सम्पूर्ण परीक्षा स्थगित

देशको सबैभन्दा ठूलो विश्व विद्यालय त्रिभुवन विश्वविद्यालयले भदौ महिनाको दोस्रो हप्ता देखि लिने भनेको परीक्षा स्थगित गरेको छ ।

त्रिविका वार्षिक, सेमेष्टर शैक्षिक कार्यक्रम अन्तर्गतको स्नातक र स्नातकोत्तर तहका परीक्षा भदौ दोस्रो हप्ता देखि लिने भनेर सूचना प्रकाशित गरेको थियो ।

कोभिड १९ को महामारी बढिरहेको र जिल्ला जिल्लामा निषेधाज्ञा जारी गरेको, एक ठाउँबाट अर्को ठाउँ जान कठिनाइ हुने भएको हुदा अर्को सूचना प्रकाशित नहुदा सम्म सम्पूर्ण परीक्षा स्थगित गरेको छ ।
हेर्नुहोस् सूचना :

Loading…

प्रतिक्रिया