त्रिविको उपकुलपति र रजिस्ट्रारको कार्यालयमा नेविसंघद्वारा तोडफोड


काठमाडौं – त्रिविले परीक्षाको विकल्प नदिए आन्दोलन गर्ने विज्ञप्ति   निकालेको नेविसंघका कार्यकर्ताले आज  मंगलबार त्रिभुवन विश्वविद्यालयको उपकुलपति र रजिस्टारको कार्यालयमा तोडफोड गरेका छन् ।

मंगलबार परीक्षाको कुनै विकल्प दिनु पर्ने भन्दै नाराबाजी गर्दै पुगेका नेविसंघ कार्यकर्ताले उपकुलपति र रजिस्टारको कार्यालयमा तोडफोड र ढुंगामुढा गरेका हुन् ।

नेविसंघ त्रिवि समितिका सभापति हरि आचार्यले विज्ञान संकायका विद्यार्थीले तोडफोड गरेका बताए । परीक्षाको विकल्प दिनुपर्‍यो भन्दै हिजो रेक्टरलाई भेट्न गएका थिए, उहाँहरुले हामी विकल्प दिन सक्दैनौं भन्नुभयो’ उनले भने ‘आज गएर तोडफोड गरेछन् ।’

Loading…

प्रतिक्रिया