त्रिभुवन विश्वविद्यालयका प्राध्यापक कुट्ने दुईजनालाई प्रहरीद्वारा पक्राउ

काठमाडौँ – त्रिभुवन विश्विद्यालयका समाजशास्त्र केन्द्रिय विभागका प्राध्यापक  प्रेम चलाउनेलाई कुटपिट गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा घर भएका रुपेश शाह र रविन लामा छन् ।

प्राध्यापक  चलाउनेलाई असोज २० मा तीनजना युवाले विश्वविद्यालय परिसरमा पसेर निर्घात कुटेर भागेका थिए ।

कुटपिट गर्ने रुपेश र रविन दुवै त्रि–चन्द्र क्याम्पसका विद्यार्थी रहेको प्रहरीले बताएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले रुपेशलाई सूर्यबिनायकबाट पक्रेको हो । रुपेशको बयानका आधारमा रविनलाई सिराहा प्रहरीको समन्वयमा पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका एक अधिकृतले  बताए ।

उनीहरुले त्रिविमा अध्ययनरत नेविसंघका नेताको निर्देशनमा प्राध्यापकलाई कुटेको आफ्नो बयानमा प्रहरीलाई बताएका छन् । प्राध्यापक चलाउनेको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भईरहेको छ ।

प्रतिक्रिया