त्रिभुवन चोकमा जम्मा हुने दैनिक ज्याला मजदुरी गर्ने श्रमिकहरु आजबाट रामलिला मैदान भेटिने

तस्बिर : नरेशबाबु श्रेष्ठको फेसबुक वालबाट

नेपालगन्ज : बाँकेको त्रिभुवन चोकमा जम्मा हुन भारतको नानपारा, बाबागन्ज देखि लिएर नेपालगन्जका विभिन्न ठाउँबाट दैनिक ज्याला मजदुरी गरेर जीवन चलाउदै आएका श्रमिकहरु खोज्न अब नेपालगन्जको रामलिला मैदानमा जानुपर्ने भएको छ ।

कोरोना भाइरसको वृद्धि ह्वात्तै बढिरहेको बेलामा त्यहाँ जम्मा हुने मजदुरहरुबाट पनि समुदाय स्तरमा फैलिन सक्ने भन्दै र ठाउँ सानो भएको कारण आज देखि रामलिला मैदानमा लगिएको प्रशासनले जनाएको छ ।

उक्त ठाउँमा ठेकेदार देखि लिएर मिस्री,मजदुर सबै एकै ठाउँमा पाइने भएको हुदा घर, भवन निमार्ण लगायतको काम गराउन मानिसहरु त्यहाँ लिन जाने गर्ने गर्दछन् ।

रामलिला मैदानमा जम्मा भएका श्रमिक मजदुरहरुले त्यहाँ बस्नको लागि चौतारा बनाइदिन र पानीको धारा गाडि दिन स्थानीय प्रशासन समक्ष माग गरेका छन् ।

तस्बिर : नरेशबाबु श्रेष्ठको फेसबुक वालबाट
तस्बिर : नरेशबाबु श्रेष्ठको फेसबुक वालबाट

Loading…

प्रतिक्रिया