तीन सय स्वाबसंकलन गरि पठायो ताँजाकोट गाँउपालिकाले जुम्ला

जयपती ढकाल हुम्ला –हुम्लाको ताजाँकोट गाउँपालिकाले शहर र छिमेकी देश भारतबाट १४ दिन क्वारेन्टाइन बसेका सम्पुर्ण ताँजाकोट बासी जनप्रतिनिधि र प्रहरी स्वास्थ्यकर्मिको स्वाब संकलन गरेको छ ।

ताजाँकोट गाउँपालिकाले आफैँ किट खरिद गरी हुम्ला जिल्लामा स्थानीय स्तरबाटै भिटिएम कीट खरिद गरी स्थानीयको स्वाब संकलन गर्ने पिसिआर चेक गर्ने यो गाउँपालिका पहिलो हो ।

कोरोना परीक्षणका लागि शुक्रबार स्वाब संकलन शुरु गरेको ताँजाकोट गाउँपालिकाका अध्यक्ष बागदल मल्लका अनुसार स्वास्थ्य परीक्षणविना गाउँपालिका प्रवेश गरेका नागरिकलाई कोरोना परीक्षण गर्न गाउँपालिका आफैँ जुटेको बताएका छ्न ।

गाउँपालिकाको प्रयासबाट भिटिएमकिट खरिद गरी स्थानीयको स्वाब संकलनको लागि आज बाट ६ वटा केन्द्र राखी स्वाब संकलन गरेको गाउँपालिका कोरोना परिक्षण स्वास्थ्यकर्मी भानुभक्त ढकालले बताए ।

ताजाँकोट गाउँपालिकाले ५ सय भिटिएम र कीट खरिद गरि काठमाडौं बाट गाँउपालिकाको गाडीमा गाँउपालिका पुर्‍याएको थियो ।
जनप्रतिनिधि ,स्वास्थ्यकर्मी प्रहरी गरी आजै ३ सय जनाको स्वाब संकलन गरेको र बाँकी २ सय भिटिएम कीट बाँकी रहेको गाँउपालिका अध्यक्ष मल्लले बताए ।

स्वाब संकलन गरेर ताँजाकोट गाउँपालिकाको गाडिमा कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्ला पठाएको स्वास्थ्यकर्मी ढकालले जानकारी दिए ।

दुई सय आरडिटी किट खरिद भएकाले यसको परीक्षण पनि तीव्र पारेको ढकालले जनाएका छन ।

ताँजकोट गाउँपालिकाको ५नम्बर मदनावडा कार्यालय पाँदाको मदनादेव माविमा, वडा नम्बर ४ को गोठेलबाडा,सुर्य प्रकाश आधारभूत विद्यालयमा,वडा नम्बर ३ को धर्मोदय माबी ,छायाक्षेत्र आधारभूत विद्यालय र कुवाडीको माथी लुइयाटा भन्ने ठाउँमा केन्द्र बनाइ स्वाब संकलन गरेर पठाएको ढकाले जानकारी दिए ।

Loading…

प्रतिक्रिया