ताँजाकोट गाँउपालिका बाढी पीडितलाई खाद्यान्न वितरण

जयपती ढकाल
हुम्ला – हुम्लाका समाजसेवी ठिल्ले लामा तथा  माननीय छक्क बहादुर लामाको सहकार्यमा १२० कट्ठा चामल र एलिस ग्रुपका  पुर्व माननीय छिमी लामा र गोपाल चन्द्र लामाको सहयोगमा  २३० बोरा चामल , २३० लिटर तेल गरेर ३५० बोरा चामल , २४० लिटर तेल वितरण  ताँजाकोट गाँउपालिका को बाढी पीडितलाई राहत स्वरुप  खाद्यान्न  वितरण गरिएको छ ।

ताँजाकोट गाँउपालिका कार्यवाहक अध्यक्ष मन्जु बुढाको नेतृत्वमा भएको बाढी पीडित राहत वितरण कार्य सम्पन्न भएको हो ।

वडा नम्बर १ मा ४० बोरा चामल,  ४० लिटर तेल वडा नम्बर २ मा ७५ बोरा चामल,  ४५ लिटर तेल वडा नम्बर ३ मा ११०बोरा चामल,  ६० लिटर तेल वडा नम्बर ४ मा ८० बोरा चामल , ४५ लिटर तेल र वडा नम्बर ५ मा ४५ बोरा चामल ४० लिटर तेल बाढी पीडितलाई राहत बितरण गरेको एलिस गुरुप ताँजाकोट गाँउपालिका  सम्वनयकर्ता गोपाल बुढा (इन्द्र)ले  जानकारी दिए ।

Loading…

प्रतिक्रिया